Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

धर्मगुरु लिङदेनको जन्मोत्सवमा सोमबार माङसेबुङ र माईमा सार्वजनिक विदा

धर्मगुरु लिङदेनको जन्मोत्सवमा सोमबार माङसेबुङ र माईमा सार्वजनिक विदा

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १८ २०८०


धर्मगुरु लिङदेनको जन्मोत्सवमा सोमबार माङसेबुङ र माईमा सार्वजनिक विदा

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवमा आज सोमबार (१८ मंसिर) सार्वजनिक विदा दिएको छ । गाउँपालिका र नगरपालिकाले आफ्नो पालिकाको तर्फबाट सूचना जारी गर्दै धर्मगुरु लिङदेनको जन्मोत्सवमा १८ मंसिरमा माङसेबुङ क्षेत्रभित्र स्थानीय बिदा दिइएको जानकारी दिएका छन् ।

माङसेबुङले धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा विगतदेखि नै दिदैं आएको सार्वजनिक विदा यसवर्ष पनि निरन्तरता दिएको हो । पहिलो कार्यकालमा गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले धर्मगुरुको जन्मोत्सवमा हरेक वेर्ष १८ मंसिरमा दिन सुरु गरेका थिए ।

दोस्रो कार्यकालमा समेत निरन्तरता पाएको छ । माई नगरपालिकाले पहिलो पटक सार्वजनिक विदा दिएको हो । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ गाउँपालिका-५ मा १८ मंसिरमा बर्सेनि जन्मोत्सव विशेष धार्मिक कार्यक्रम हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार