नयाँबजार । इलामको माईजोगमाई गाउपालिकाको केन्द्र नयाँबजारमा आगामी मंसिर २१ गते देखि २६ गते सम्म धार्मिक एव सांस्कृतिक मेला लाग्ने भएको छ । बालाचतुर्दशीको अवसरमा नयाँबजारमा मेला लाग्ने भएको हो बार्षिक रुपमा २ पटक लाग्दै आएको मेला बालाचतुर्दशी मेला पञ्चमुखी शिव लिगं काठमाडौ र नयाबजारको शिव मन्दिरमा रहेको र आफ्नो पितृहरुको नाममा सतबिउ छर्ने, मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले मेला लाग्ने गरेको स्थानिय राम रिमालले जानकारी दिए ।
गाउपालिकाको रोहवरमा बजार व्यवस्थापन समिती उपाध्यक्ष पूनम गुरुङको संयोजकत्वमा २३ सदस्यीय मेला व्यवस्थापन उपसमिती गठन भएको छ । विशेष गरेर पर्यटन प्रवर्द्धन हेतुले मेला लगाइने आयोजनकले जनाएको छ ।

पर्यटनको प्रचुर संभावना बोकेको माइजोगमाई गाउपालिका भित्रका चिनारिहरु उत्तरे पोखरि एसियाकै पुरानो गुम्बा , थुम्केरानी जहाबाट सुर्योदय र सुर्यास्थको दृश्यवलोकन गर्न सकिने , कुम्भकर्ण कञ्चनजंघा हिमाल लगायतको दृश्यलोकन , विश्वबाट लोपोन्मुख रेडपाण्डा , विभिन्न प्रजातिका चराहरु, जिवजन्तु अवलोकन ,नयाँबजार बसाउन योगदान दिने सन्त श्री बालागुरु, नेपालकै अग्लो गणेश , किरातहरुको प्रथम राजा यलम्बरको प्रतिमा अवलोकन तथा शिव मन्दिर दुर्गा मन्दिर बौद्ध गुम्बा लगायतको अवलोकन गर्न सकिन्छ ।

२०१३ सालदेखी निरंन्तर रुपमा लाग्दै आएको मेला कोरोना कहरपछी भने बन्द भएको थियो । मेलाको आकर्षणहरु विभिन्न जातजातिको झाकी प्रदर्शन , रोटे पिङ ,राष्ट्रिय स्तरका तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने मेला आयोजक उपसमितिका सचीव देवि अधिकारीले जानकारी दिए ।
