Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

इलामबाट वनभोजका लागि धनकुटामा दुर्घटनामा

इलामबाट वनभोजका लागि धनकुटामा दुर्घटनामा

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर १६ २०८०


इलामबाट वनभोजका लागि धनकुटामा दुर्घटनामा

धनकुटा । इलामबाट वनभोजका लागि धनकुटाको नमस्ते झरनातर्फ जाँदै गरेको मे १ ख ३३८० नम्बरको बस बिहान पौने ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा शिक्षकद्वय रामबहादुर मगर र पवित्रा राईसहित विद्यार्थीहरू शान्ति लिम्बू, सीमा राई, मनिका राई र निस्मा सारु मगर घाइते भएका छन् ।

घाइतेको प्रहरीले उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज टंकप्रसाद कोइरालाका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको बताइएको छ । उक्त बसमा ५५ जना यात्रु सवार थिए ।

दुर्घटना भएको बसमा इलामको माई नगरपालिका–४, स्थित गरुवा आधारभूत विद्यालयबाट विद्यार्थी र शिक्षक सवार रहेका थिए ओरालोमा ब्रेकफेल भई बस दुर्घटनामा परेको भेडेटार प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार