Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

रुसी सेनामा भर्ना भएका इलामका गंगाराज सहित तीन जनाको मृत्यु

रुसी सेनामा भर्ना भएका इलामका गंगाराज सहित तीन जनाको मृत्यु

  • लोकल सन्देश
  • बुधबार, मंसिर १३ २०८०


रुसी सेनामा भर्ना भएका इलामका गंगाराज सहित तीन जनाको मृत्यु

काठमाडौं – रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार युक्रेनसंगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्याङ्जा पुतली बजारका प्रितम कार्की,दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् ।

उनीहरुको कात्तिक २९ गते नै मृत्यु भएको दुतावासले पुष्टि गरेको छ । उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ । दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार