Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

विद्युत उत्पादन जिल्ला इलाममा डेरी उद्योगमा दाउरा प्रयोग 

विद्युत उत्पादन जिल्ला इलाममा डेरी उद्योगमा दाउरा प्रयोग 

  • सन्देस सम्बाददाता
  • मंगलबार, मंसिर १२ २०८०


विद्युत उत्पादन जिल्ला इलाममा डेरी उद्योगमा दाउरा प्रयोग 
इलाम । विद्युत उत्पादनको जिल्ला इलामका डेरी उद्योगमा अझैपनि दूध प्रशोधनका लागि दाउराको प्रयोग गर्न उद्यमी बाध्य छन् । विद्युतबाट दूध प्रशोधन गर्ने प्रविधि नभित्रदा उद्योगी दूध प्रशोधनका लागि दाउराको प्रयोग गर्दै आएका हुन् ।
दाउरा खाना पकाउन, चुल्होमा आगो बाल्न प्रयोग गरिन्छ । धेरै नेपाली चुल्होमा दाउराको प्रयो अहिले घट्दो छ । तर इलामका दूध प्रशोधन गर्ने उद्योगमा दाउराको प्रयोग बढ्दो छ ।
इलामको ७० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेपनि डेरी उद्योगमा दूध प्रशोधनका लागि दाउराकै प्रयोग हुँदै आएको हो । घ्यू, छुर्पी, चीज, खुवा, ललिपप उत्पादन गर्ने डेरी उद्योगमा दाउराकै प्रयोग हुन्छ । खाना पकाउनका लागि उद्योगीले ग्यास र विद्युतिय चुल्होको प्रयोग गरेपनि उद्योगमा दाउराकै प्रयोगबाट दूध प्रशोधन हुन्छ । दाउराको आगो बालेर दूध तताउने र फटाउने गरेको सूर्योदय नगरपालिका ९ का उद्यमी किरण भण्डारीले बताए ।
विद्युत उत्पादनको जिल्ला इलामका उपभोक्तामा विद्युतको पहुँच पुगेपनि डेरी उद्योगले दाउराको प्रयोग गर्नुपर्ने बाध्यता रहेको हो । १ डेरी उद्योगमा दैनिक डेढ पिकअप दाउरा प्रयोग हुने गरेको छ । उद्यमीले स्टिम बोइलरमा दाउरा बालेर रिसिभर भ्याट र ब्याच पास्टराइजरमा दूध तताउने गरेका छन् ।
स्टिम बोइलरमा दाउरा बालेपछि तातो हावा रिसिभर भ्याट र ब्याच पास्टराइजरमा पुग्ने गरेको छ । दूध नफाटेसम्म उद्योगमा दाउराको प्रयोग गर्दै आएकाले दैनिक रुपमा दाउराको प्रयोग बढ्दो छ । विद्युतिय उपकरणबाट दूध तताउने प्रविधि भएपनि उपयोग बारे ज्ञान भएको चीज उद्यमी महेन्द्र प्रधानले  बताए ।
  १ पिकअप दाउरालाई इलाममा ६ हजार रुपैयाँ पर्छ । उद्यमीले निजी आवादी जग्गामा रोपण भएको जंगलबाट गोलिया व्यवसायी मार्फत दाउरा खरिद गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार