सन्दकपुर (सुलुबुङ) । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान इलामको सन्दकपुर गाउँपालिका ३ स्थित सुलबुङ्गमा सम्पन्न भएको छ । लैङ्गिक हिंसाको अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सन्दकपुर ३ को सुलबुङ्गमा सम्पन्न भएको हो । सन्दकपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जाको प्रमुख आथित्यतामा भएको अन्तरिक्रिया सन्दकपुर गाउँपालिका महिला विकास शाखाका कर्मचारी, महिला अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
