Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

लागुऔषध सहित माईमा एक जना पक्राउ

लागुऔषध सहित माईमा एक जना पक्राउ

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १२ २०८०


लागुऔषध सहित माईमा एक जना पक्राउ

माई । इलामको माई नगरपालिकामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । आईतवार राति १० बजे इलाम माई नगरपालिका वडा नं ३ चियावारी टोलमा प्रहरीको चेकजाँचमा सोही स्थान बस्ने अन्दाजी २५ वर्षीय सुदिप दनुवार ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

माई नगरपालिकाको चिलिमकोट चिया बगान भित्र शंकास्पद गतिविधि गरिरहेका दनुवारको शरिर खोजतलास गर्दा करिव २ ग्राम ५०० मिलिग्राम लागुपदार्थ व्राउनसुगर फेला परेको दानाबारी प्रहरी प्रमुख कैलाश कुमार केसीले जानकारी दिए ।

दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार