Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा नेकपा माओवादी केन्द्र पार्टीको समिक्षा बैठक

फाकफोकथुममा नेकपा माओवादी केन्द्र पार्टीको समिक्षा बैठक

  • लिला लिम्बु
  • सोमबार, मंसिर ११ २०८०


फाकफोकथुममा नेकपा माओवादी केन्द्र पार्टीको समिक्षा बैठक

फाकफोकथुम। जनतासँग माओवादी जन जनमा माओवादी बिशेष रूपान्तरण सहितको नेकपा माओवादीद्वारा सञ्चालित तिन महिने अभियानको समिक्षा बै७क फाकफोकथुममा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको फाकफोकथुम पार्टी कमिटीको कार्यबाहक अध्यक्ष अरूण दर्लामी मगरको अध्यक्षता नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज कुशल लिम्बु, जिल्ला सह इञ्चार्ज हर्क लाओती कान्छा जिल्ला अध्यक्ष बिजय खम्बुको उपस्थितमा पार्टीको समिक्षा बैठक सम्पन्न भएको हो।
फाकफोकथुम गाउँ पालिका स्तरिय पार्टीको समिक्षा बैठकमा पार्टी बरिष्ठ उपाध्यक्ष लक्ष्मण घतानीको घरमा बसेको पार्टी कमिटीको तिन महिने समिक्षा बैठकको सञ्चालन थुम पार्टी सचिव प्रकाश राईले गरेका थिए । बैठकमा प्रत्येक वडा कमिटिबाटबाट रिपोटिङको काम गरिएको थियो । बैठकमा वडा नम्बर १ बाट वडा पार्टी अध्यक्ष भोज बहादुर बोहरा, २ बाट पार्टी सचिव नरेश तामाङ, ३ बाट उपाध्यक्ष प्रजापती भण्डारी, ४ बाट पार्टी सचिव पदम बागदाष, ५ बाट पार्टी सचिव राम प्रसाद घिमिरे, ६ बाट पार्टी उपाध्यक्ष फुल माया राई र ७ बाट जिल्ला सचिवालय सदस्य तथा थुम सह इञ्चार्ज प्रकाश परियारले वडा वडाको रिपोर्टङ्ग तथा स्थानिय, निर्वाचन समयमा गठबन्धन बिच उमेद्वारी दिने समझदारी भएको समयमा नेतृत्वले स्पष्ठ भुमिका नखेलेको बारे प्रश्न राखेका थिए।

साथै थुम अध्यक्ष के बि बान्तवा राई गाउँ मुखि नभएर काठमाडौ मुखि भएको कारण पार्टी जिम्मेवारीको थुमका अधिकांश सदस्यहरुले बिकल्प खोज्नु पर्ने भन्दै केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज कुशल लिम्बुलाई ध्यानाकर्षण गराएका थिए। त्यसैगरी पार्टी इञ्चार्ज कुशल लिम्बुले फाकफोकथुममा पार्टी चलायमान बनाउनको लागि प्रत्येक वडामा जिम्मेवारी तथा दायित्व पुरा गर्न र मिसन ८४ लाई लक्ष्य गरेर सम्पुर्ण थुम पार्टी कमिटी प्रत्येक घर घरमा गएर जनताहरूसंग पार्टीको बिचार निती शिदान्त लाई प्रष्ठ बुझाउने देखि लिएर संगठन बिस्तारमा लाग्नु पर्ने थुम समिक्षा मिटिङ्ग कार्यकर्ताहरूलाई निर्देशन दिए । बैठकले पालिका २ नम्बर वडा र ३ नम्बर वडाको अभियान इञ्चार्जमा हेरफेर गरि छत्र दर्लामी र हेमकर्ण निरौलालाई जिम्मेवारी सुम्पिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार