सन्दकपुर (माईपोखरी) । पूर्वी पहाडी जिल्लाको प्रथम रामसार क्षेत्रमा आयोजित त्रिधार्मिक पर्यटन उत्सवको समापन भएको छ । सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा शुरु भएको त्रिधार्मिक पर्यटन उत्सव मंसिर १ गतेबाट ८ गतेसम्म आयोजन गरिएको थियो ।
महोत्सव आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङ राईको अध्यक्षतामा भएको कार्यक्रममा इलाम क्षेत्र नम्बर १ का संघीय सासंद महेश बस्नेतको प्रमुख आथित्यतामा समापन भएको हो । समापन कार्यक्रममा बोल्दै इलाम क्षेत्र नम्बर १ का संघीय सासंद महेश बस्नेतले पर्यटन प्रवद्र्धनका लागि त्रिधार्मिक पर्यटन उत्सवले महत्वपूर्ण भुमिका खेलेको बताए । त्रिधार्मिक पर्यटकीयस्थलको विकास गर्न डिपिआर पनि भइसकेकाले अब त्यसलाई कार्यान्वय गर्न आफु लागि पर्ने बस्नेतले बताए ।
समापन कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले सन्दकपुरको मात्रै नभएर इलामकै पर्यटन विकासमा त्रिधार्मिक पर्यटन उत्सवले टेवा पुर्याएको बताए । धार्मिक, सास्कृतिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरि सन्दकपुरको विकास गर्न सकिन्छ भनेर कार्यक्रमले सन्देश दिएको उनले अध्यक्ष गुरुङ्गले बताए ।
समापन कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले माईपोखरीबाट सन्दकपुर भ्रणका लागि पर्यटकहरुलाई आवाह्न गर्र्न र हजारौँ पर्यटकहरु ल्याउन सफल भएकाले आयोजक समितिलाई बधाई दिए । पर्यटनको विकास पूर्वाधार मात्रै नभएर प्रचारप्रसार र व्यवस्थापनको माध्यमबाट हुने भएकाले त्रिधार्मिक पर्यटन उत्सव त्यसमा सफल भएको उपाध्यक्ष लुङ्गेलीले बताए ।
माईपोखरीको पर्यटन विकासका लागि अब क्षेत्र विकास कोष बनाएर विकास गर्ने उनले बताए । उनले सन्दकपुरको पर्यटन विकासका लागि सबै पर्यटकीयस्थलहरुमा छुट्टै उप–समिति निर्माण गरि काम गर्ने बताए । समापनमा जिल्ला विकास समितिका पूर्व सभापति हरि खनालले समाजलाई सहि बाटो देखाउन र धार्मिक द्धन्द्धलाई कम गर्न त्रिधार्मिक पर्यटन उत्सव सफल भएको बताए । उनले माईपोखरीको पर्यटन उत्सवमा सबै इलामबासी एक भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पार्टी अध्यक्ष भक्त केसीले धार्मिक आस्थाको केन्द्र माईपोखरीलाई विकास र प्रवद्र्धनका लागि सबै लाग्नुपर्नेमा जोड दिए । पर्यटनका माध्यमबाट आर्थिक विकास गर्न सकिने भएकाले माईपोखरीको पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
कार्यत्रmममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिजय खम्बुले ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र माईपोखरी अन्तराष्ट्रिय क्षेत्रमा स्थापित भएकाले त्रिधार्मिक पर्यटन उत्सवले थप प्रचार गरेको बताए । माईपोखरीलाई अझ व्यवस्थित गर्नका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने उनले बताए । समापन कार्यक्रममा बोल्दै नेपाली काग्रेसका जिल्ला उप सभापति खगेन्द्र देवानले धार्मिक र पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन विकास गर्न आफ्नो तर्फबाट लागि पर्ने बताए । उनले माईपोखरीको पर्यटन विकासले इलामको विकासलाई डोहोर्याउने देवानले बताए ।
कार्यक्रममा नेपाली काग्रेसका सह सचिव तथा आयोजक समितिका सल्लाहाकार देवेन्द्र सुवेदीले त्रिधार्मिक पर्यटन विकासको प्रवद्र्धन संघीय सासंद महेश बस्नेतबाटै भएकाले त्यसलाई स्थापित गर्न सन्दकपुरबासी एक भएर लागेको बताए । त्रिधार्मिक पर्यटन उत्सव सफल बनाउन सबै राजनीतिक दल र समुदाय एक भएर संचालन गरिएको बताए । आर्थिक रुपमा पनि दैनिक भेटि संकलन सार्वजनीक गरिएकाले आर्थिक रुपमा कतै दुरुपयोग नभएको उनले बताए । त्रिधार्मिक पर्यटन उत्सवले पर्यटन प्रवद्र्धनसँनगै आर्थिक विकास र यहाँका उत्पादनको बजारीकरणमा सहयोग पुगेको सुवेदीले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सह इञ्चार्ज कान्छा लावतीले त्रिधार्मिक पर्यटन उत्सवले धार्मिक सद्भाव कायम गर्न सफल भएको बताए । सबै धर्मले राम्रो गर्नु भन्ने उदेश्य भएकाले सबै धर्ममा आस्था राख्नेहरुलाई एकताको मालामा डोहोर्याएको लावतीले बताए । त्रिधार्मिक पर्यटन उत्सवको समापनको अवसरमा स्वागत मन्तव्य राख्दै आयोजक समितिका उपाध्यक्ष निमदोर्जे सेर्पाले त्रिधार्मिक पर्यटन उत्सव सफल बनाउन सिंगो इलामबासीको सहयोग भएकाले सफल भएको बताए । माईपोखरीमा नियमित रुपमा बहुधार्मिक पर्यटन उत्सव आयोजना गरि सबै धर्मगुरुहरुलाई उपस्थित गराउने उनले बताए । माईपोखरी धार्मिक, पर्यटकीय र जैविक विविधताले जोडिएकाले सबैक्षेत्रलाई संरक्षण गर्दै अघि बढाउनुपर्नेमा सेर्पाले जोड दिए ।
त्रिधार्मिक पर्यटन उत्सव आयोजना गर्नुको औचित्यमाथि बोल्दै आयोजक समितिका उपाध्यक्ष गृष्म सुब्बाले छोटो समयमा कार्यक्रम आयोजना गर्नुपरेकाले सबैका हात हातमा पत्र नपुगेपनि सफलताका पुर्वक सम्पन्न भएको बताए । माईपोखरी दर्शन गर्दा चिताएको पुरा हुने भएकाले पवित्र तिर्थस्थलको रुपमा विकास भएको उनले बताए । माईपोखरी साक्षत देवी भएकाले पोखरीको राम्रो नचिताउने मान्छेको राम्रो नभएको उपाध्यक्ष गृष्म सुब्बाले बताए । उनले माईपोखरीलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । माईपोखरमा त्रिधार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न इलाम नगरपालिकाले शुरु गरेको अहिले तत्कालिन नगर प्रमुख महेश बस्नेत संघीय सासंद भएकाले त्यो कार्यान्वयन गर्नका लागि पहल गर्न आग्रह गरे । समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईले इलामका संचारमाध्यमले सन्दकपुरको पर्यटन प्रवद्र्धन प्रवद्र्धनका लागि निरन्तर सहयोग गरेको बताए । उनले आगामि दिनमा पनि पर्यटन प्रवद्र्धनका लागि निरन्तर रुपमा लागिरहने अध्यक्ष भट्टराईले बताए ।
समापन कार्यक्रममा बोल्दै आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङले सबै धर्मलाई एकता बाध्नका लागि त्रिधार्मिक पर्यटन उत्सव सफल भएको बताए । सबै धर्मको सम्मान गर्नु र धार्मिक एकता कायम गर्नु त्रिधार्मिक पर्यटन उत्सव सफल भएकाले देशमा जातिय, धार्मिक र साम्प्रदायिकता बिखण्डन रोक्नका लागि यो कार्यक्रम सफल भएको अध्यक्ष प्रेम नाछिरिङ राईले बताए । समापन कार्यक्रम आयोजक समितिका सचिव दिनेश सुवेदीले संचालन गरेका थिए ।