सन्दकपुर । काेशी प्रदेश प्रमुख पर्शुराम खापुङले माईपाेखरी त्रिधार्मिक महाेत्सवले धार्मिक सम्प्रदायहरूकाे एकताकाे सन्देश दिएकाे बताएका छन् ।
रामसार क्षेत्र माईपाेखरीमा आयाेजित त्रि-धार्मिक महाेत्सवकाे अवसरमा बाेल्दै उनले बहुधर्मावलम्बीहरू एकै साथमा रहँदा राष्ट्रिय एकतामा ठुलाे याेगदान दिएकाे बताए ।
उनले भने `राष्ट्रिय एकता बलियाे भए मात्र मुलुककाे स्वतन्त्रता सार्वभौमसता अखण्डता बलियाे भई नेपाली अगाडि बढ्न सक्छाै´ । उनले महाेत्सवले एकताकाे सन्देशसंगै प्रदेशबासीकाे सुख शान्तिमा अरू याेगदान दिने बताए ।
नाै काेण माइपाेखरी र सन्दकपुर पर्यटनकाे पर्यटन देशकै उदाहरणीय भएकाे बताउँदै खापुङले शान्तिप्रेमीहरू धर्म आस्था र पेशामा कर्मशिल सन्दकपुरबासी रहेकाे बताए ।
उनले पर्यटनबाट सन्दकपुर मात्र हैन मुलुककै आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।