सन्दकपुर । इलामको उत्तरी सन्दकपुर गाउँपालिकामा चितुवाको आतंक बढेको छ । चितुवाले गोठमै आएर घरपालुवा जनावर खाइदिन थालेपछि किसान आतंकित बनेका हुन् । सन्दकपुर–५, जमुनाको इङ्लास्थित गैरिगाउँको एक किसानका दुई खसी–बाख्रा र शान्त भट्टराईका दुई बोका चितुवाले मारेको वडा सदस्य कुमार गुरुङले जानकारी दिए ।
‘चितुवाले मानवीय क्षतिसमेत गर्नसक्ने भयले गाउँले आतंकित छन्,’ गुरुङले भने, ‘सबैले सजक र सचेत रहनुपर्ने भएको छ ।’ गाउँपालिकाको धेरैजसो क्षेत्रमा जंगली जनावरको आतंक वर्षाैंदेखि छ । हरेक बर्ष यस क्षेत्रमा चितुवाले घरपालुवा जनावरलाई क्षति पु¥याउँदै आएको छ ।