इलाम । इलामबाट पहिलो पटक गैर आवासिय नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामबाट तत्कालिन इलाम नगरपालिका-६ स्थायी ठेगाना भएका अमेरिकी नागरिक बिजेन्द्र गुरुङलाई नागरिकता वितरण गरिएको हो ।
कानुन बमोजिम प्रक्रिया पुर्याए पश्चात गुरुङलाई जिल्ला प्रशासन कार्यालय इलामबाट पहिलो पटक गैर आवसीय नेपाली नागरिकता प्रदान गरिएको जनाइएको छ । उनलाई गत कार्तिक २१ गते प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नागरिकता प्रदान गरे ।
नेपालको संविधानको धारा १४ को संवैधानिक व्यवस्था भए बमोजिम कार्यविधि कानुन बने पश्चात नागरिकता वितरण गरिएको हो । नेपाल नागरिकता ऐन २०६३ (पहिलो संशोधन) र नेपाल नागरिकता नियमावली, २०६३ (तेस्रो संशोधन) बमोजिम देशैभरीबाट नागरिकता वितरण गर्न सुरु गरिएको छ ।