Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

जमुनामा टोल विकास स्वयमसेवी उपभोक्ता संस्थाका पदाधिकारीलाई अभिमुखिकरण

जमुनामा टोल विकास स्वयमसेवी उपभोक्ता संस्थाका पदाधिकारीलाई अभिमुखिकरण

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक २५ २०८०


जमुनामा टोल विकास स्वयमसेवी उपभोक्ता संस्थाका पदाधिकारीलाई अभिमुखिकरण

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा गठन भएका टोल विकास स्वयमसेवी उपभोक्ता संस्थाका पदाधिकारीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विकास निर्माण, विपद् उद्धार र गाउँपालिका कार्यक्रमहरु कार्यान्वयन गर्ने योजनाका साथ गठन भएका टोल विकासका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखिकरण कार्यक्रम सन्दकपुर गाउँपालिका–५को वडा कार्यालयमा सम्पन्न कार्यक्रम वडाध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आतिथ्यता, उपाध्यक्ष हरि बहादूर लुङ्गेली र प्रमुख प्रशासकिय अधिकृत यादव राउत, वडा नं ४ का वडाध्यक्ष ढाल बहादुर गुरुङको विशेष आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा चालु आर्थिक वर्षमा गाउँपालिकामा कार्यान्वयन हुने योजनाहरु र योजना कार्यान्वयन गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।कार्यक्रम वडा सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार