Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

तिव्र रुपमा माइपोखरी त्रि धार्मिक महाउत्सवको तयारी

तिव्र रुपमा माइपोखरी त्रि धार्मिक महाउत्सवको तयारी

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २१ २०८०


तिव्र रुपमा माइपोखरी त्रि धार्मिक महाउत्सवको तयारी

सन्दकपुर  : इलामको सन्दकपुर गाउँपालिका–१ माइपोखरीमा आयोजना हुने त्रिधार्मिक महाउत्सवको तयारीमा तिव्रता दिइएको छ । आयोजनाको मिति नजिकिएसंगै आयोजकले तयारीलाई द्रुत रुपमा अघि बढाएको हो ।

विश्वशान्तिको कामनासहित माइपोखरीमा आगामी १ देखि ८ मंसिरसम्म सनातन हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रुपमा महाउत्सव आयोजना हुँदैछ । आयोजनाको महायज्ञस्थल निर्माणको कार्य भइरहेको छ ।

रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताका रुपले महत्त्वपूर्ण मानिने माइपोखरीमा त्रि–धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको आयोजक समितिले जनाएको छ । महायज्ञमा बौद्धगुरु र किराँत धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारणलगायत गर्ने जनाइएको छ ।

माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयामिक अनुसन्धानस्थलका रूपमा विकास गर्ने उद्देश्यले महाउत्सव आयोजना गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार