Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

फिक्कलविरुद्ध आयोजकलाई गोरख भेट्रान्सको उपाधि (तस्बिरहरु)

फिक्कलविरुद्ध आयोजकलाई गोरख भेट्रान्सको उपाधि (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • शनिबार, कार्तिक १८ २०८०


फिक्कलविरुद्ध आयोजकलाई गोरख भेट्रान्सको उपाधि (तस्बिरहरु)

इलाम (समाल्बुङ) नो टु ड्रग्स’ भन्ने सन्देश दिन गोरख टोल विकास संस्था समालबुङ, इलामले आयोजना गरेको प्रथम गोरख भेट्रान्स कप फुटबलको उपाधि आयोजकले जितेको छ । सूर्योदय नगरपालिका ५ समालबुङस्थित गोरखको सामसुङ मेमोरियल खेलमैदानमा शनिबार भएको फाइनल खेलमा एमसीसी फिक्कल भेट्रानलाई ३(० गोलअन्तरले पराजित गर्दै आयोजक गोरख भेद्रान क्लबले उपाधि रक्षा गरेको हो ।


आयोजकका लागि दिपेन राईले २ गोल र सुरजकुमार श्रेष्ठले १ गोल गरे । उद्घाटन खेलमा ह्याट्रिक पूरा गरेका दिपेन राई सर्वाधिक गोलकर्ता पनि बने । फिक्कले अनेक प्रयास गर्दा पनि गोल फर्काउन नसक्दा उपविजेतामा समेटियो । आयोजकले नगद ४० हजार र ट्रफी पाउँदा उपविजेता फिक्कलले नगद २० हजार र ट्रफीमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका गोलरक्षक रामनारायण चौधरी भए । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा आयोजकले दमक लखनपुर भेट्रान्स फुटबल क्लब झापालाई २(० गोलमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । आयोजकका लागि कप्तान विकास बम्जनले दुवै गोल गरेका थिए । यस्तै, अन्तिम सेमिफाइनल खेलमा फिक्कलले इलाम भेट्रान क्लबलाई १(० गोलको कठिन जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो ।


उसका लागि धिरज ठकुरीले गरेको गोल नै निर्णायक बनेको थियो । दुई दिनसम्म चलेको प्रतियोगितामा झापा, इलाम, पाँचथर र भारतको एक टिम गरी आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापनमा प्रमुख आतिथि संविधानसभा सदस्य टिकाराम लेप्चाको, बिषेश अतिथि प्रदेश फुटबल संघका महासचिव भगिरथ आले, सूर्योदय नगरपालिका ६ का अध्यक्ष सिव बस्नेत सुर्योदय नगर खेलकुद समितिका संयोजक शौरभ आचार्यले खेलकुदको विकास गर्नका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार