Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

मध्यरातमा भूकम्पः जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

मध्यरातमा भूकम्पः जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १८ २०८०


मध्यरातमा भूकम्पः जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, aमेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’ भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए ।

योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार