फिक्कल । गत असार १० गते इलामको फिक्कल बाट भारतको चर्चित धार्मिक स्थल केदारनाथ सम्मको साइकल यात्रामा निक्लेको साइकल यात्री विश्वास राई गृह क्षेत्र आइपुगेका छन् । करिब ४ महिना यात्रामा रहृेका उनले केदारनाथ, बद्रीनाथ र पशुपतिनाथको यात्रा गरेका हुन् ।
नेपाल कै पहिलो साइकल यात्री जो पैस बिनै तिन धाम दर्शन गर्ने पहिको व्यक्तिको इतिहास बनाएर चार महिनामा आफ्नो गाउँ इलाम सुर्योदय नगरपालिका आइपुगे एमटीबी राइडरका अध्यक्ष शरण फागो बताउँछन् । साइकलयात्री राईले यात्राका क्रममा सहयोग गर्न सबैलाई धन्यवाद ज्ञापन गरे । उनलाई कन्याममा एमटीबी राइडरका सदस्य र अन्य शुभेच्छुकहरुले स्वागत गरेका छन् ।