Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम गाउँपालिका : सडक स्तरउन्नतीमा प्राथमिकता

फाकफोकथुम गाउँपालिका : सडक स्तरउन्नतीमा प्राथमिकता

  • सुजन तिमल्सिना
  • शुक्रबार, कार्तिक १० २०८०


फाकफोकथुम गाउँपालिका : सडक स्तरउन्नतीमा प्राथमिकता

फाकफोकथुम । ५ सय किलोमिटर सडकको ट्रयाक रहेको इलामको फाकफोकथुम गाउँपालिका कालोपत्रे सडकले जोडिएको छैन । झापा र इलाम सदरमुकाम जोड्ने सडक कच्चि हुँदा फाकफोकथुमबासीले उत्पादन गरेको कृषि उपज बजार पु¥याउन पनि समस्या भोग्दै आएका छन् ।

फाकफोकथुम गाउँपालिका कालोपत्रे सडकले जोडिएको छैन । हिउँदका ८ महिना यातायातका साधनबाट यात्रा गर्न सकिने भएपनि वर्षातमा सम्भव हुँदैन ।
गाउँपालिकाबाट सदरमुकाम इलाम बजार र झापाको दमक बजार जोड्ने सडकहरु कच्चि छन् । जसका कारण पश्चिम इलामको फाकफोकथुम गाउँपालिका वर्षातका ५ महिना समुद्रको टापु सहर हुन्छ ।

जिल्लाका ६ वटा गाउँपालिका मध्ये फाकफोकथुम सबैभन्दा ठुलो हो । ७ वटा वडा रहेको फाकफोकथुममा हिउँद बर्षातनै सवारीसाधन संचालनका लागि अहिले सडक सोलिङ गर्ने कामले प्राथमिकता पाएको छ । हिउँद वर्षातमा सवारीसाधन संचालनका लागि सडक सोलिङ गरि स्तरउन्नती गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

फाकफोकथुममा ५ सय १६ किलोमिटर कच्चि सडक रहेको छ । जसमध्ये ५ वटा रणनैतिक सडक छनौट भएका छन् । नयाँ ट्रयाक नखन्ने निती लिएको गाउँपालिकाले रणनैतिक सडकहरु सोलिङ गरि १२ महिना यातायात संचालन गर्ने योजना बनाएको छ ।

१ सय ७७ वटा सडक रहेको फाकफोकथुममा ए ग्रेडमा २६ वटा, बी ग्रेडमा ५५ वटा र सि ग्रेडमा ९६ वटा सडक छनौट भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा ५ किलोमिटर सडक सोलिङ गरि १२ महिना गाडी गुडाउन मिल्ने भएका छन् । वडाबाट गाउँपालिका जोड्ने ८ सडकलाई प्राथमिकता दिएर सोलिङ गर्ने काम हुँदै आएको उपाध्यक्ष कल्पना राईले बताइन् ।

फाकफोकथुमबासीको मुख्य बजार झापाको दमक, बिर्तामोड र इलाम सदरमुकाम हो । मुख्य बजार जोड्ने सडकहरुमा १२ महिना नै गाडि संचालन नहुँदा किसानले उत्पादन गर्दै आएको कृषि उपजले बजार पाउन सकेको छैन ।

default

default

default

default

default

प्रतिक्रिया
सम्बन्धित समाचार