Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

सुवेदीको घरमा आगलागी हुँदा दशलाखको क्षति

सुवेदीको घरमा आगलागी हुँदा दशलाखको क्षति

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक ७ २०८०


सुवेदीको घरमा आगलागी हुँदा दशलाखको क्षति

इलामको माई नगरपालिका वडा नम्बर – २ गोरखेका गोपाल सुवेदीको घरमा आगलागी हुदाँ अन्दाजी १० लाखको क्षति भएको छ। सोमबार विहान ६:३० बजे सुवेदीको घरसंगै जोडिएको गाई गोठबाट आगो सल्किएको थियो।

आगलागीबाट सुवेदीको दुईतले काठको घर, गोठ, भान्साघर, दुई तोला सुन, १० मन धान, नगद १० हजार, ३ वटा मोवएल सेट लगायत महत्वपूर्ण कागजात समेत जलेर नष्ट हुँदा १० लाख वढीको क्षति भएको लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख बलदेव सुवेदीले जानकारी दिए । आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी लगायतको उपस्थिति रहे पनि नियन्त्रण गर्न नसकिएको बताईएको छ।

आगो कसरी शुरु भयो भन्ने थाहा नभएपनि ५ बर्षिय नातिनीले खेल्ने क्रममा सल्काएको आशंका पिडित सुवेदीले गरेका छन । विहान उठेर खेल्दै गरेकी नातिनी आगो सल्किए पछी माथिल्लो तलाको ओच्छ्यानमा सुतेकी थिइन ।

अधिकांश काठले बनेका घरहरू हुँदा माई नगरपालिका भित्र आगो नियन्त्रणमा दमकलको आबश्यकता महशुस गरिएको स्थानीयले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार