सूर्योदय । कोशी प्रदेशका मन्त्री शमसेर राईलाई इलामको सुर्योदय नगरपालिमा इलामबासीले स्वागत तथा सम्मान गरिएको छ । नेपाली काग्रेस क्षेत्रीय कार्य समितिको आयोजनामा सूर्योदय नगरपालिकामा इलामबासीले स्वागत र सम्मान गरिएको हो ।

कोशी प्रदेश सरकारको मन्त्री भएपछि गृह जिल्ला इलाम आउनुभएका मन्त्रीलाई नेपाली काग्रेसका नेता कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र संचारकर्मीको उपस्थिति रहेको थियो । इलाम क्षेत्र नम्बर १ को प्रदेश सभा २ नम्बर क्षेत्रको प्रदेशसभा सदस्य रहेका राईलाई इलाम स्थानीय तहका जनप्रतिनिधिहरुले इलामको विकास निर्माणमा चासो दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, इलाम नगरपालिका १० का अध्यक्ष ओमनाथ प्रधान, वडा सभापति टिकाराम अधिकारी, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि उद्धव पौडेल, देउकुमार कट्टेल मन्त्री भएकोमा बधाई दिदै इलामको आर्थिक सम्वृद्धिमा नेतृत्वदायी भुमिका खेल्न आग्रह अनुरोध गरेका थिए ।
कार्यक्रममा नेपाली काग्रसे क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ का सभापति निस्कल राईले स्वागत मन्तव्य राखेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री समसेर राईले इलामको विकासमा प्रदेश सरकारबाट हरसम्भव प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।
