लक्ष्मीपूर। माओवादीको युवा संगठन वाइ सि एलको आयोजनामा सूर्योदय नगरपालिका कमिटीले बडादशैँको अवसरमा भलिबल प्रतियोगिता शुरु भएको छ । सूर्योदय नगरका १३ सुकेपोखरी खेल मैदानमा भलिबल प्रतियोगिता शुरु भएको हो । वाइ सि एल सूर्योदय नगर अध्यक्ष निरज आर्चायको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष बिजय खम्बुको प्रमुख आथित्यतामा भलिबल प्रतियोगिताको शुरुवात भएको छ ।

उद्घाटन सत्रमा नेकपा माओवदी केन्द्र प्रदेश मिमिटी सदस्य प्रविन तिमसिना, नगर सचिव तिर्थ आर्चाय र सूर्योदय नगरपालिका १३ का अध्यक्ष हेमराज आचार्यको आथित्यता रहेको थियो । प्रतियोगिताका प्रमुख अतिथि बिजय खम्बुले रेफ्रिलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटनको दिन ८ वटा टिमको प्रतिस्पर्धा भइको वाई सि एल नगर इञ्र्चाज बेदुप्रसाद आचार्यले बताए ।

भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार राखिएको छ । प्रतियोगिताको दोस्रो पुरस्कार १० हजार रहेको छ । प्रतियोगितामा ट्रफि मेडल र प्रमाणपत्र पनि वितरण हुनेछ । बडादशैँको अवसरमा भलिबल प्रतियोगिता र विविध सास्कृतिक कार्यक्रम कात्तिक ६ गतेसम्म आयोजना हुनेछ । कार्यक्रम उद्घाटन सत्रको अवसरमा स्वागत मन्तव्य राम आचार्यले गरेका थिए । उद्घाटनको दिन भाले जुधाई प्रतियोगितामा पनि सम्पन्न भएको छ । सास्कृतिक कार्यक्रममा नृत्य, गायन, म्युजिकल चेयर, भाले झिक्ने, छेलो हान्ने र हाडि फुटाउने कार्यक्रम रहेको छ ।

