फाकफोकथुम । नेपाल कराते महासंघको निति नियम एवम निर्णयाक कार्यबिधि तथा रेफ्रि संयोजकमा राजु महर्जन चयन भएका छन् । कोशी प्रदेश कराते महासंघको सुनसरीको धरानमा कार्तिक २ गतेका दिन कोशि प्रदेशका सवै जिल्लाका सिनियर प्रशिक्षक तथा सिनियर रेफ्रिहरूको भेलाले महर्जनलाई संयाेजक चयन गरेकाे हाे ।
प्रदेश स्तरीय भेलामा नेपाल कराते महासंघको कोशी प्रदेशका अध्यक्ष कुवीर मान राईको अध्यक्षतामा बसेको भेलाले नेपाल कराते महासंघको कोशी प्रदेश स्तरीय ९ सदस्यीय निर्णयक समिती गठन भएको छ ।

रेफ्रि संयोजकमा पूर्वाञ्चल खेलकुद विकास समितीका प्रशिक्षक राजु महर्जनलाई सर्वसम्मतले चयन गरिएकाे हाे । सहसंयोजक किरण लामा सुनसरी,सचीव कुन्ति गुरूङ्ग मोरंग, सदस्यहरू डिप्लव राई धनकुटा रवि राज राई सुनसरी,बिजय ताम्राकार इलाम,प्रकाश राई उदयपुर,जमुना राई झापा, गोविन्द बिशंखे तेर्ह्रथुम मनोनित गरिएको छ ।
कार्तिक ३ गतेदेखि लागु हुने गरी नेपाल कराते महासंघको कोशी प्रदेश अध्यक्ष कुवीर मान राईले आधिकारिक रूपमा जिम्मेवारी सुम्पिएको कार्यभारलाई इमान्दार पूर्वक सम्पन्न गर्न गराउनु हुनेछ भनि कार्यकालको सफलताको बधाई तथा शुभकामना दिएका थिए।