Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्याब्सन इलामको शुभकामना आदान प्रदान कार्यक्रम

प्याब्सन इलामको शुभकामना आदान प्रदान कार्यक्रम

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक १ २०८०


प्याब्सन इलामको शुभकामना आदान प्रदान कार्यक्रम

इलाम । बडादशैँ,शुभ दिपाली, नेपाल सम्वत र छठ पर्वको अवसरमा प्याब्सन इलामले शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा मंगलबार इलाम नगरपालिका–७ स्थित ग्रिनभ्यू होटलमा कार्यकम गरेको हो ।

शुभकामना आदानप्रदानको अवसरमा सांसद बस्नेतले शिक्षा क्षेत्रको समग्र विकासमा प्याब्सनले खेलेको भुमिका र योगदानको सन्दर्भमा प्रशंसा गर्नुभएको छ । शिक्षालाई गुणस्तरीय बनाउन सुधार गर्नुपर्ने पक्षमा सुझाव दिए । प्याब्सन केन्द्रिय उपाध्यक्ष युवराज बाशिष्ठले प्याब्सनलाई हेर्ने दृष्टिकोण र सामुदायिक क्षेत्रलाई हेर्ने दृष्टिकोण समान हुनुपर्ने बताए।

अभावका बावजुद नीजि क्षेत्रले गुणस्तरीय शिक्षा प्रवाह गरिरहेको सवाललाई नजरअन्दाज नगर्न सरकार र सरोकारवालालाई उनको आग्रह छ । कार्यक्रममा शिक्षक, विद्यार्थी संगठनका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायको सहभागिता रहेको प्याब्सन इलाम अध्यक्ष रगुन गुरुङले जानकारी दिए । ।

प्रतिक्रिया
सम्बन्धित समाचार