इलाम । संविधानसभाका अध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का संघीय सासंद सुवासचन्द्र नेम्बाङको निधन भएपछि अहिले यो क्षेत्र खाली छ । संविधानमा रहेको व्यवस्था अनुसार यो निर्वाचन क्षेत्रमा उप चुनावको हुनेछ ।
उप चुनावमा नेपाली काग्रेस र नेकपा एमालेका उमेद्धवारहरुको चर्चा शुरु भएसँगै संत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रमा पनि सम्भावित उमेद्धवारहरुको चर्चा शुरु भएको हो ।
इलाम क्षेत्र नम्बर २ को संघीय संसदको प्रतिस्पर्धाका लागि इलाममा जिल्ला इञ्चार्ज, पूर्व इञ्चार्ज, प्रदेश अध्यक्ष, प्रदेश कमिटी सदस्य तथा जिल्ला सह–इञ्चार्ज र जिल्ला अध्यक्षको नाम चर्चामा रहेको छ । माओवादी केन्द्रले प्रदेश समितिका अध्यक्ष हर्क बहादूर नेम्बाङ (मिक्सो), जिल्ला इञ्र्चाज कुलप्रसाद लिम्बु, इलामका पूर्व इञ्चार्ज धिरेन्द्र सर्मा (रमन), जिल्ला सह–इञ्चार्ज कान्छा लावती र जिल्ला अध्यक्ष बिजय राईको नाम चर्चामा छ ।
माओवादी केन्द्रका प्रदेश समिति अध्यक्ष हर्क बहादूर नेम्बाङको जन्मगाउँ पाँचथरको फिदिम नगरपालिका १२ हो । तर उनी इलामका पार्टीका कार्यकर्तामाझ लोकप्रिय रहेका छन् । संगठन प्रति प्रतिवद्ध र वैचारीक रुपमा प्रष्ट रहेका नेम्बाङ प्रदेशका अध्यक्ष र लोकप्रिय नेता हुन् । जनताका समस्या र विकास निर्माणमा बढी ध्यान दिने नेतामा नेम्बाङ पर्छन् ।
माओवादी केन्द्र इलामको जिल्ला इञ्चार्ज तथा केन्द्रिय सदस्य कुलप्रसाद लिम्बुपनि इलाम क्षेत्र नम्बर २ मा उमेद्धवारको चर्चा छ । इलाम क्षेत्र नम्बर २ सँग सीमा जोडिएको मोरङको मिक्लाजुङ गाउँपालिका स्थायी घर भएका लिम्बु विकासप्रेमी नेता हुन् । २०७४ को सम्पन्न निर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित लिम्बुको पहलमा ५ वर्षको अवधिमा उनको निर्वाचन क्षेत्रमा सडक, पुल, खानेपानी लगायतका विकासका पूर्वाधार थुप्रै बनिएका छन् ।
उनी निर्वाचित भएपछि पूर्व पश्चिम महेन्द्र राजमार्गबाट इलामको सीमा क्षेत्र साकफारा जोड्ने सडक कालोपत्रेको काम भएको छ । त्यससँगै पुल र विकासका पूर्वाधारहरु निर्माणको काम भएका छन् । इलाम क्षेत्र नम्बर २ को उमेद्धवारमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा इलामका पूर्व इञ्चार्ज धिरेन्द्र शर्माको नाम चर्चामा रहेको छ । इलामको फाकफोकथुम गाउँपालिका स्थायी घर भएका शर्मा २०७४ को प्रदेश सभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित भएका थिए । उनी निर्वाचित भएपछि दक्षिणि इलाममा विकास पूर्वाधारहरु निर्माणले तिब्रता पाएको थियो । झापा जिल्लामा बस्दै आएका शर्मा अहिले ओखलढुङ्गा जिल्लाको इञ्चार्ज हुन् । इलाम क्षेत्र नम्बर २ मा जिल्ला सह इञ्चार्ज कान्छा लावतीको नाम चर्चामा रहेको छ । २०६४ को संविधानसभाको निर्वाचनमा ३ वटा निर्वाचन क्षेत्र हुँदा सुवास नेम्बाङसँगै प्रतिस्पर्धा उनले गरेका थिए । उनले इलाम क्षेत्र नम्बर २ मा त्यस बेला नेकपा माओवादी केन्द्रले ८ हजार मत प्राप्त गरेको थियो । उनी २०७९ मंसिरमा इलाम क्षेत्र नम्बर २ को (ख) मा प्रदेश सभाको गठबन्धनको तर्फबाट उमेद्धवार भएपनि पराजित भएका थिए ।
इलाम क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिजय राईको पनि नाम चर्चामा छ । उनी माईजोगमाई गाउँपालिका वडा नम्बर २ निवासी हुन् । स्पष्ट बक्ता र निडर नेतृत्वका रुपमा कार्यकर्तामा चिनिएका राई विकास निर्माणको काममा पनि अग्रपक्तिमा छन् ।