Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिका २ मा निःशुल्क सिम वितरण हुँदै

सन्दकपुर गाउँपालिका २ मा निःशुल्क सिम वितरण हुँदै

  • सन्देस सम्बाददाता
  • सोमबार, असोज २९ २०८०


सन्दकपुर गाउँपालिका २ मा निःशुल्क सिम वितरण हुँदै

सन्दकपुर । सन्दकपुर गाउँपालिका २ मा निःशुल्क सिम वितरण हुने भएको छ । कात्तिक १ गते नेपाल टेलिकम ईलाम मार्फत निशुल्क प्रिपेड सिम कार्ड वितरण हुने भएको हो । टेलिकमले सशुल्क Unlimited Internet का लागि Namaste 4G wifi router को वितरण कार्यक्रम रहेको वडा अध्यक्ष सनम राई बताए ।
निशूल्क सिम, सशुल्क Unlimited Internet  लिनका लागि नेपाल सरकारले जारी गरेको फोटोसहितको परिचयपत्रको प्रतिलिपि आवश्यक पर्नेछ । नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, सवारी चालक परिचयपत्र कुनै एक भए हुने टेलिकमले जनाएको छ । हालसालै खिचेको पासपोर्ट साईजको फोटो पनि आवश्यक पर्ने टेलिकमले जनाएको छ । निः शुल्क सिम सन्दकपुर गाउँपालिका वडा नम्बर २ मा वितरण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार