माईपोखरी । पूर्वी नेपालको रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सवको तयारी तिब्र भएको छ । मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना हुने त्रिधार्मिक पर्यटन उत्सवको बैठकले तयारी तिब्र बनाउने निर्णय भएको हो ।
बैठकले धार्मिक उत्सवको समयमा खानेपानी सहज बनाउन पूर्वतयारी शुरु गर्ने निर्णय भएको छ । खानेपानीको व्यवस्थाका लागि खानेपानी उपभोक्ता समितिसँग समन्वय गर्ने निर्णय भएको छ ।
विद्युतको भरपर्दो सुविधाका लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरि ट्रान्सफर्मर स्थापनाका लागि पहल गर्ने निर्णय भएको त्रिधार्मिक आयोजक समितिका सह संयोजक गृष्म सुब्बाले बताए । बैठकले गाउँपालिकाका जनप्रतिनिधि, नागरीक समाज, धर्म गुरुको उपस्थितिमा संघ संस्थाको प्रतिनिधिमा आम भेला गर्ने निर्णय भएको छ ।
त्रिधार्मिक उत्सवको अवसरको बारेमा जानकारी दिन कात्तिक २ गते पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय भएको आयोजक समितिका संयोजक प्रेमनाछिरिङले बताए । माईपोखरी रामसार क्षेत्रमा भएको बैठक उप समिति गठन गर्ने छलफल भएको धार्मिक उत्सवका प्रचार संयोजक श्याम राईले बताए । ।