सन्दकपुर । कोशी प्रदेशको पर्यटकीय गाउँपालिका सन्दकपुरका पर्यटकीय क्षेत्रका होटल र होमस्टेको अनुगमन गरिएको छ । सन्दकपुर गाउँपालिकाको वडा नम्बर ५ को जौबारी, गैरीबास र कैयाकट्टा क्षेत्रका होटल र होमस्टेको अनुगमन गरिएको हो ।

सन्दकपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सनम राई, ३ का अध्यक्ष लिल बहादूर बुर्जा, वडा नम्बर ५ का अध्यक्ष यज्ञ गुरुङ, वडा सदस्य कुमार गुरुङ, प्रमुख प्रशासकिय अधिकृत यादव राउत सहितको टोलीले अनुगमन गरेको हो । टोलीले होटल र होमस्टेको दर्ता प्रमाणपत्र, कर प्रमाणपत्र र होटलहरुमा बिक्रि हुने खाध्य सामग्रीहरुको अनुगमन गरिएको थियो ।

दर्ता प्रमाणपत्र नभएका होटल र होमस्टेहरुलाई गाउँपालिका कार्यालयमा सम्पर्क गरि व्यवसाय दर्ता प्रक्रिया अघि बढाउन टोलीले व्यवसायीलाई आग्रह गरेको छ ।
