Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा भलिबल खेल प्रशिक्षण कार्यक्रम समापन (तस्बिरहरु)

इलाममा भलिबल खेल प्रशिक्षण कार्यक्रम समापन (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • बिहिबार, असोज २५ २०८०


इलाममा भलिबल खेल प्रशिक्षण कार्यक्रम समापन (तस्बिरहरु)

इलाम । भलिबल प्रतियोगिताप्रति युवा युवतीमा आकर्षण गर्ने उदेश्यले इलाममा १५ दिने भलिबल खेलको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला भलिबल संघको आयोजनामा भएको प्रशिक्षणमा सहभागिलाई इलाम नगरपालिका प्रमुख केदार थापा, नगर प्रवक्ता नुतनदेव दुलालले प्रमाणपत्र हस्तान्तरण गरे ।


जिल्ला भलिवल संघको पहलमा राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान प्रशिक्षक बिरेन्द्र प्रसाद चौधरीले युवायुवतीलाई प्रशिक्षण दिएका थिए । इलामको ठुलो टुडिखेलमा आयोजना भएको प्रशिक्षणमा ५७ जना महिला र पुरुष ३६ जनाको सहभागिता रहेको थियो । इलामको १० वटै स्थानीय तह, पाँचथर र ताप्लेजुङका विद्यार्थीको सहभागिता रहेको भलिबल संघ इलामका प्रादेशीक रेफ्रि योगेन्द्र सुवेदीले बताए ।

भलिबल संघका उपाध्यक्ष प्रकाश दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक बिरेन्द्र प्रसाद चौधरी, नगर प्रवक्ता नुतनदेव दुलाल, नगर प्रमुख केदार थापाले भलिबल खेलको विकासका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । भलिबल संघका सदस्य गणेश खतिवडाले स्वागत मन्तव्य राखेको प्रशिक्षण समापन कार्यक्रममा भलिबल खेलका प्रादेशिक प्रशिक्षक योगेन्द्र सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार