Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रदेश सरकारको इलामको चुरे क्षेत्रमा सुपारी खेतीमा लगानी

प्रदेश सरकारको इलामको चुरे क्षेत्रमा सुपारी खेतीमा लगानी

  • सुजन तिमल्सिना
  • आइतबार, असोज २१ २०८०


प्रदेश सरकारको इलामको चुरे क्षेत्रमा सुपारी खेतीमा लगानी

इलाम ।  झापाका किसानले व्यवसायीक रुपमा खेती गर्दै आएको सुपारी इलामको चुरे क्षेत्रमा विस्तारका लागि प्रदेश सरकारबाट लगानी शुरु भएको छ । बहुवर्षे बाली भएकाले इलामका चुरे क्षेत्रका किसानले पनि व्यवसायीक खेती विस्तारमा प्रदेश सरकारको कृषि ज्ञान केन्द्रबाट लगानी थालेको हो ।
चुरे क्षेत्रमा सुपारी खेती विस्तार बढेपछि कृषि ज्ञान केन्द्रले प्रवद्र्धन कार्यक्रम राखेको छ । चुरे क्षेत्रमा प्रमुख नगदेवालीको रुपमा सुपारी खेती फस्टाउँदै गएपछि प्रदेश सरकारको कृषि ज्ञान केन्द्रले लगानी शुरु गरेको हो । प्रायः तराईको समथर क्षेत्रमा खेति हुने सुपारी दक्षिणि इलाममा प्रशस्तै उत्पादन हुन थालेको हो । इलामको चुरेका कृषकले सुपारी खेती गरेपछि प्रवद्र्धनका लागि कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी वर्देवाले बताए ।
दक्षिणि इलामको रोङ, माङ्सेबुङ्ग, चुलाचुली गाउँपालिका, माइ नगरपालिकामा व्यवसायिक रुपमा सुपारी खेती शुरु भएको छ । स्थानीय तह, कृषि ज्ञान केन्द्रले बीउ बिजन र प्राविधिक सहयोग गरेपछि सुपारी खेतीमा किसान आकर्षित भएपछि प्रदेश सरकारले पनि लगानी गरेको हो ।
बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न सकिन्छ । सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपु¥याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ । सुपारी खेती नगदेवाली रुपमा किसानले खेती गर्दै आएको रोङ गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले बताए ।
कम लगानी र मेहनत पनि थोरै लाग्ने भएकाले चुरे क्षेत्रका किसानले सुपारी बेचेर ५ लाखसम्म आम्दानी गर्दै आएका छन् । व्यापारीले बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको समेत चिन्ता छैन । प्रदेश सरकारले सुपारी खेती प्रवद्र्धनका लागि यो आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सुपारी खेतीमा किसानको आकर्षण बढ्दै गएपछि स्थानीय तहले रसुपारीको खपटाबाट टपरी बनाउने उद्योग समेत संचालन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार