विराटनगर । नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशन सकिएको छ । एमालेको प्रदेश समितिमा इलामबाट मानवअधिकारवादी देखि नेपाल सरकारको कर्मचारीसम्म प्रदेश कमिटिमा निर्वाचित भएका छन् ।
एमालेको प्रदेश कमिटिमा उनीहरु इलाम जिल्लाबाट सर्वसम्मत निर्वाचित भएका हुन् । एमालेको प्रदेश कमिटीमा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई निर्वाचित भएका छन् । एमालेको प्रदेश कमिटि सदस्यमा नेकपा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साह पनि निर्वाचित भएका हुन् ।
सुरसरी बसेर व्यवसाय गर्दै आएका साह इलामको कोटाबाट प्रदेश कमिटिमा निर्वाचित भएका हुन् । त्यसैगरि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केसव धौराली पनि एमालेको प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका हुन् । संघीय सरकार मातहतको समितिको कार्यकारी निर्देशकको पदमा नियुक्ति भएका धौरालीले मासिक ४० हजार बढी सरकारी ढुकुटिबाट तलब लिने गरेका छन् ।
एमालेको प्रदेश कमिटीमा इलामका मानवअधिकारवादी नेता देवेन्द्र विश्वकर्मा पनि निर्वाचित भएका छन् । मानव अधिकार मञ्च इलामका कार्यकारी निर्देशक धौराली प्रदेश कमिटीमा निर्वाचित भएका हुन् । त्यसैगरी नेकपा एमालेको प्रदेश कमिटी सदस्यमा इलामबाट ध्रुब श्रेष्ठ, पूर्व जिल्ला विकास समिति प्रमुख गणेश बराल पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसै गरि टिका घिमिरे, काजीमान कागते, ओमनारायण खनाल, बिन्दु लाम्गादे, राज थापा, शकुन्तला लेप्चा, रिपल राई, सावित्रा शिवा, याम अधिकारी पनि एमालेको प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका हुन् ।