Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नेपाल भ्रमणका लागि आएका सिक्किमका पर्यटकलाई माईपोखरीमा स्वागत (तस्बिरहरु) 

नेपाल भ्रमणका लागि आएका सिक्किमका पर्यटकलाई माईपोखरीमा स्वागत (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • सोमबार, असोज १५ २०८०


नेपाल भ्रमणका लागि आएका सिक्किमका पर्यटकलाई  माईपोखरीमा  स्वागत (तस्बिरहरु) 
सन्दकपुर । रामसार सुचिमा सुचिकृत माईपोखरी भ्रमणका लागि भारतको सिक्किमबाट आएका पर्यटकको टोलीलाई गाउँपालिकाद्धारा स्वागत गरिएको छ ।
भारतको सिक्किम स्थित आक्थुङ फोजुम्बो नाम्लि तुम्लाबुङ्गबाट आएका पर्यटकहरुलाई वडाअध्यक्ष सनम राई,वडा सदस्य सोम समाउदेन, सन्दकपुर गाउँपालिका कर्मचारी समुन सुवेदीले पर्यटकहरुलाई स्वागत गरेका थिए ।
दूई वटा गाडिमा आएको पर्यटकहरुको टोलीले नेपाल ५ दिन भ्रमण गर्ने हिसाबले इलाम आएको हो । टोलीलाई स्वागत गर्दै सन्दकपुर गाउँपालिका कार्यपालिका सदस्य तथा वडा नम्बर २ का अध्यक्ष सनम राईले हरियालीको जिल्ला इलाम भ्रमणका लागि छनौट गरि माईपोखरीसम्म आइपुगेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
टोलीलाई सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलका बारेमा वडाअध्यक्ष सनम राई जानकारी गराउँदै पर्यटकीयस्थल समेटिएको फोटो बुक र ब्रोसर हस्तान्तरण गरेका थिए ।  सन्दकपुर गाउँपालिकाको न्यानो आथित्य सत्कार पाएकाले आगामी दिनमा सन्दकपुर भित्रका सबै पर्यटकीयस्थल भ्रमण गर्ने योजना गरि नेपाल आउने टोलीका संयोजक अम्बर खेवाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार