इलाम । किरात राई पत्रकार संघ इलामले अनाथालयमा शैक्षिक सामाग्री वितरण गर्दै स्थापना दिवस मनाएको छ । १६ औं स्थापना दिवसको अवसरमा इलाम नगरपालिका ९ मा रहेको राहसल बाल गृहका १४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

शैक्षिक सामाग्री संस्थाको कोषाध्यक्ष टिका चौहानलाई इलाम शाखाको अध्यक्ष सुनिता राईले हस्तान्तरण गरिन् । कार्यक्रममा यायोख्खा इलामका पुष्पा राई ,पत्रकार महासंघका अध्यक्ष बिप्लव भट्टराई , माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रबिना राई समितिका पदाधिकारीको उपस्थिति थियो ।
कार्यक्रम सचिब सरिता राईले संचालन गरेकी थिइन् ।
