Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा पुन : स्थापित तोप र निशान पर्यटकको आकर्षण

इलाममा पुन : स्थापित तोप र निशान पर्यटकको आकर्षण

  • सुजन तिमल्सिना 
  • शुक्रबार, असोज १२ २०८०


इलाममा पुन : स्थापित तोप र निशान पर्यटकको आकर्षण
इलाम ।   इलाम सदरमुकामस्थित माइस्थान मन्दिरमा पुनःस्थापित पुरातात्विक महत्वको तोप इलाम पुग्ने पर्यटकहरुको आकर्षण बनेको छ । एक वर्ष अघि पुनःस्थापित ऐतिहासिक तोपको अध्ययन गर्न पुग्ने पर्यटकहरुको संख्या बढेको हो ।
सुगौली सन्धिपछि भारतको नागरिक गढिबाट इलाम सारिएको तोप अहिले पर्यटकको अध्ययनको केन्द्र भएको छ । इलाम सदरमुकामस्थित माइस्थान मन्दिर परिसरमा पुरातात्विक महत्वको तोप एक वर्ष अघि अशोज ७ मा पुनःस्थापित गरिएको थियो ।
सुगौली सन्धिपछि राखिएका तोप शसस्त्र द्धन्द्धको समयमा तत्कालीन श्रीनाथ पल्टनले ब्यारेक लगेको थियो ।  यहाँबाट २०५९ सालमा लगिएका तोप २० वर्षपछि पुनःस्थापित गरिएपछि माईस्थान क्षेत्रमा इलामबासीसँगै इलाम घुम्ने पर्यटक पुग्ने गरेका छन् ।
माईस्थानमा राखिएको नेपाली सेनाको गौरवमय निसान तोप पुनःस्थापना भएपछि पछिल्ला युवापिढीका लागि अध्ययनको थलो भएको इतिहासकार युद्धप्रसाद वैद्यले बताए ।  तोप र निसान पनुःस्थापनाले इलामको मात्रै भएर नेपालको इतिहास अध्ययनको थलो भएको छ । पुरातात्विक सम्पदाको रुपमा रहेको  माइस्थान क्षेत्रमा पुनःस्थापित तोप र निसानलाई इलामको पर्यटनमा जोड्ने योजना इलाम नगरपालिकाले योजना बनाएको छ ।
इलामबासीले पनि पर्यटकलाई माईस्थानसम्म  ल्याउनका लागि पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् । २ दशकअघि त्यहाँबाट उठाइएको तोप माइस्थानमा इलाम सदरमुकाम स्थापनासँगै राखिएको थियो ।
नेपाल भू–भागको ऐतिहासिक लडाइँ र विजयसँग जोडिएको तोपले पुरातात्विक महत्व राख्ने भएकाले यो अमूल्य धरोहरका रुपमा रहेको इलाम नगरपालिका प्रमुख केदार थापाले बताए ।
२ सयवर्षे इतिहास बोकेको निसान पनि २०७४ सालमा इलाम फर्काइएको थियो। सुगौलीको सन्धिपछि इलाम ल्याइएको श्रीनाथ पल्टनको निसान सशस्त्र द्वन्द्वकै क्रममा काठमाडौं लगिएको थियो । यो निसानलाई नेपालको पूर्वी सीमा टिस्टा नदीसम्म पुगेका बेला त्यहाँ गाढिएको नेपाली सेनाको वीरताको प्रतीकका रूपमा लिइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार