Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माईको वडा सचिव हकहितमा रिजाल

माईको वडा सचिव हकहितमा रिजाल

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ११ २०८०


माईको वडा सचिव हकहितमा रिजाल

माई : इलामको माई नगरपालिकामा नगरस्तरीय वडा सचिबहरुको हक हित संरक्षण समिति मंगलबार गठन भएको छ । नगरभित्रका वडा सचिवहरुको भेलाले वडा नम्बर ७ का वडा सचिव हरिप्रसाद रिजालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो।

वडा सचिबहरुको हक अधिकार स्थापित गर्ने गरि गठन भएको हकहित समितिले वडा सचिवका हक अधिकारका लागि संघर्ष गर्ने, वडा सचिब माथि हुने दुर्व्यवहार एवम् समस्या प्रति एक ढिक्का भई प्रतिरोध गर्ने , संघीय संसदमा पेश हुन लागेको विध्येकको विषयमा संघर्ष र आन्दोलनका कार्यक्रम गर्ने आदी लक्ष्य सहित समिति गठन गरिएको अध्यक्ष रिजालले जानकारी दिए।

भेलाले हकहित संरक्षण समितिको उपाध्यक्षमा सुमन कुमार राई, सचिबमा बिष्णु कट्टेल, कोषाध्यक्षमा सबिना राई र सह–सचिबमा रमेश गिरीलाई चयन गरेको छ। त्यस्तै सदस्यहरुमा पुर्णीमा महतो, सन्दिप राई, प्रदिप पौडेल र कैलाश मल्ल रहनु भएको छ । भेलाले मनोज भण्डारीलाई सल्लाहकारको रुपमा चयन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार