इलाम । इलामको आर्थिक वर्ष २०७९र८० को वार्षिक समीक्षा बैठक सोमबार जिल्ला समन्वय समितिमा शुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईको अध्यक्षता र प्रदेशसभा सदस्य खगेस्वरी पौडेल बन्दनाको प्रमुख आथित्यतामा समिक्षा बैठक शुरु भएको हो । बैठकका लागि प्रमुख सरोकारालाहरु पालिका प्रमुख एवम् उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत र सरकारी कार्यालयहरुका प्रमुखहरुको उपस्थितिमा समिक्षा बैठक शुरु भएको हो ।

जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले स्थानीय तहहरुले जिल्ला समीक्षा बैठकलाई महत्व नदिएको बताए । बैठकमा जानैपर्दैन भन्ने मनसायले स्थानीय तहहरुले जिससको महत्व घटाएको उनको गुनासो थियो । कार्यक्रममा जिसस उपप्रमुख चित्रकला बराईलीले जिल्लाको समग्र विकासका लागि पर्याप्त समन्व र सहकार्यको आवश्यकता रहेको धारणा राखिन् । वार्षिक समीक्षा बैठक बुधबारसम्म चल्नेछ ।
