इलाम । जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान रोङ गाउपालिकाले रोङ गाउँपालिकामा भित्रका विभन्न बिषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको छ । रोङ गाउँपालिकाको विकास निर्माण, जनताको मागका बारेमा माओवादी केन्द्रको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान इञ्चार्ज लक्ष्मी न्यौपाने लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसँग छलफल गरेको हो ।

छलफलमा इलामले रोङ गाउपालिकामा रहेको पाथीभरा मन्दिर संचालनको समयमा सिर्जना भएको भेटिदान ब्यवस्थापन सम्बन्धिको विवादको उपयुक्त समाधानका लागि प्रमुख जिल्ला अधिकारीसंग भेटघाट र अन्तरक्रिया सिमेत गरेको अभियान इञ्चार्ज लक्ष्मी न्यौपानेले बताइन् । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन चाडै सार्वजनिक गरिने र देखिएका समस्याहरुको कानुनी रुपमा नै निष्पक्ष छानवीन गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए । यस्तै सबै समस्यालाई कानुनी दायरामा ल्याएर नै समाधान गरि श्रद्धभाव राख्नुहुने भक्तालु तिर्थ यात्री, सम्बन्धित सरोकारवाला सबैको आस्था बिश्वासलाई कायम राख्ने गरि काम गर्नुपर्नेमा सबै सरोकारवाला पक्ष एकमत रहेको जानकारी गराइएको थियो ।
इलामको पहिचान बन्दै गएको सानी पाथिभरा मन्दिर ब्यवस्थापन प्रति अझ बिश्वासिलो वातावरणमा निर्माणका लागि आम सरोकारवालासंग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने निष्कर्ष सहितका सुझावहरु राखिएको भेटघाटमा सहभागि नेकपा माओवादी केन्द्र इलाम नगरपालिका अध्यक्ष बिक्रम लिम्बुले बताए ।