Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रशिक्षक प्रवेश कटुवाललाई मातृ शोक

प्रशिक्षक प्रवेश कटुवाललाई मातृ शोक

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज ७ २०८०


प्रशिक्षक प्रवेश कटुवाललाई मातृ शोक

विर्तामोड । नेपाल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृ शोक परेको छ । कटुवालको आमा इन्द्र माया कटुवालको आज साँझ ७ बजे उपचारको क्रममा मनमोहन अस्पतालमा निधन भएको हो ।

कटुवाल मृगौला सम्बन्धि रोगबाट पिडित थिइन् । २०१५ सालमा जन्मिएकी इन्द्र माया कटुवालको प्रवेश र गणेश दुई छोरा र दुई छोरी, श्रीमान छन् । एक छोरीको भने निधन भइसकेको छ।

हाल कटुवाल परिवार बिर्तामोड नगरपालिका-१० सैनिक बजारमा बसोबास गरिहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार