सूर्योदय । प्याब्सन सूर्योदय नगर कार्य समितिको आयोजनामा एक दिवसीय पाठ्यक्रम मूल्याङकन प्रबोधिकरण तथा छात्रवृत्ति सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । प्याब्सन सूर्योदय नगर कार्यसमितिका अध्यक्ष लाकेल लामाको अध्ययक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बराल रहेका थिए । कार्यक्रममा प्याव्सन केन्द्रिय उपाध्यक्ष युवराज वाशिष्ट, शिक्षा युवा तथा खेलकुद शाखाका नविन पौड्यल, प्याब्सन सल्लाहकार प्रकाश भक्तराज, रगुन गुरुङ, कार्यक्रमका सहजकर्ता शिक्षा मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक डा गणेश भट्टराई लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा सूर्योदय नगरपालिका र रोङ गाँउपालिका आवद्ध संस्थागत विद्यालयका संस्थापक सदस्य प्रधानाध्यापक शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको संस्थागत विद्यालयहरूले प्रदान गर्दै आएको छात्रवृति लाई पढेर विधिवत रूपमा कार्यवाहाक नगर प्रमुख दुर्गाकुमार बरालले उदघाटन गरेका थिए । नेपालको शैक्षिक इतिहासमा निजी लगानीमा संचालन भएका संस्थागत विद्यालयहरुले ५० दशक यता पुर्याएको उल्लेखनीय योगदान सर्न्दर्भ, हाल तीनै तहका सरकारबाट संस्थागत विद्यालय प्रति देखाएको विभेद, संस्थागत विद्यालयहरुले सामाजिक आर्थिक असमानतालाई न्यायसंगत ढंगबाट व्यवस्थापन गर्ने अभिप्रायले आर्थिक अभावका कारण निश्चित समुदाय शिक्षाबाट बन्चित नहोस भन्ने सोचका साथ सरकारले तोकेको आयकर वापत मुनाफाको २५ प्रतिशत कर राज्यलाई नियमित कर बुझाएको कार्यक्रममा जानकारी गराइएको थियो ।

१० प्रतिशत देखि २५ प्रतिशतसम्म छात्रवृति सुबिधा उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइयो । नेपाल सरकारले तोकेको क्षेत्र तथा मापदण्ड समेतलाई आधारमा सबै क्षेत्रका विद्यालयहरुले जस्तै सूर्योदय भित्रीका संस्थागत विद्यालय र रोङ गाँउपालिकामा रहेका विद्यालयहरूले शैक्षिक सत्र २०८० छात्र छात्रा गरेर जम्मा ४०२ जनालाई ६७ लाख ७६ हजार ५ सय ८३ रुपैया बराबरको छात्रवृती प्रदान गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा प्याब्सन केन्द्रिय समितिका उपाध्यक्ष युवराज वाशिष्ठले संस्थागत विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्न, सरकार पक्षबाट विभेदकारी नीति तथा कार्यक्रम ल्याउन तथा नर्गन तीनै तहका सरकारलाई आग्रह समेत गरेका थिए ।
