Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रदेश सरकारको सहयोगबाट व्यवसायीक बाख्रा पालनमा किसान

प्रदेश सरकारको सहयोगबाट व्यवसायीक बाख्रा पालनमा किसान

  • सन्देस सम्बाददाता
  • शनिबार, असोज ६ २०८०


प्रदेश सरकारको सहयोगबाट व्यवसायीक बाख्रा पालनमा किसान

इलाम । प्रदेश सरकारबाट बाख्रा पालन प्रवद्र्धन कार्यक्रम संचालन गरेपछि इलामको पश्चिमि क्षेत्रका किसान व्यवसायीक बाख्रापालनमा आकर्षित भएका छन् । परम्परागत सिपबाट बाख्रा पालन गर्दै आएका किसानलाई प्रदेश सरकारले प्राविधिक सिप र खोर व्यवस्थापनमा सहयोग गरेसँगै बाख्रा पालन बढेको हो ।
प्रदेश सरकारबाट व्यावसायिक बाख्रापालनको प्रोत्साहान कार्यक्रमले इलामको पश्चिमि क्षेत्रमा बाख्रापालनमा किसानको आकर्षण बढेको छ । बजारको अभाव नहुने, आम्दानी मनग्गे गर्न सकिने भएपछि बाख्रापालनबाट किसानले आफ्नो आर्थिक अवस्था सुधार गरेका छन् ।
समथर भू–भाग र भिराला जग्गामा घाँस खेती गर्न, बाख्राको खोर सुधार र कम्पोष्ट मल बनाउने सम्मका योजनामा प्रदेश सरकारले सहयोग गरेको छ । गाउँपालिकाले बाख्रा पालन गर्ने किसानलाई बाख्राको खोर सुधारका लागि एक किसानलाई ५० हजारसम्म आर्थिक सहयोग गरेको थियो ।
चरन क्षेत्रमा आधारित बाख्रा पालनलाई सुधारिएको खोरमा पालन गर्ने सिप किसानलाई हस्तान्तरण गर्ने काम प्रदेश सरकारको पशु विज्ञ केन्द्रबाट हुँदै आएको छ । सुधारिएको खोरमा बाख्रा पालन गर्ने किसानलाई निःशुल्क रुपमा उन्नत जातको घाँस वितरण गरिन्छ ।
जिल्लाको देउमाई नगरपालिका, फाकफोकथुम र माङ्सेबुङ गाउँपालिका भित्रका किसालने अहिले व्यवस्थित खोर निर्माण गरि बाख्रा पालन गर्दै आएका छन् । बाख्रा पालनका लागि स्थानीय तहले पनि प्रवद्र्धनका लागि सहयोग गर्दै आएका छन् ।
मेहनत र सहि काम छनौट गर्न सकियो भने गाउँमा नै बसेर ठूलो आर्थिक प्रगती गर्न सकिन्छ भन्नेमा यहाँका किसान छन् । गाउँवाट विदेश जाने क्रम उच्च हुँदै गएपछि यी युवाहरुले बाख्रापालनमा अरुलाई पनि प्रोत्साहानका कार्यक्रमले पश्चिमि इलामका हरेक किसानका घरमा बाख्राका आधुनिक खोर निर्माण हुने क्रम बढेको छ । किसानले बोयर, साधन, जमुनापारि, बुकुने जातिका बाख्रा पालन गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार