Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पशुपतिमा मन्त्री किराती र मेयर बालेनको सहकार्य

पशुपतिमा मन्त्री किराती र मेयर बालेनको सहकार्य

  • सन्देस सम्बाददाता
  • शुक्रबार, असोज ५ २०८०


पशुपतिमा मन्त्री किराती र मेयर बालेनको सहकार्य

काठमाडौँ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहविच पशुपति क्षेत्र विकास कोषमा सहकार्य हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्ष रहेका मन्त्री किराती र महानगरका मेयर बालेनविच पशुपति क्षेत्रमा रहेको बेथितिको अन्त्यका लागि सहकार्यको तयारी भएको हो । हाललाई क्षेत्रविकास कोषको नाममा रहेको बनकालि स्थित पार्कीङ र मारवाडी सेवा समाजले उपभोग गर्दै आएको गौसला स्थित भवनलाई जि.टु.जि मोडलमा सञ्चालनको तयारी भएको हो ।
बनकालि स्थित पार्कीङ २०७८ साउन २० गते तत्व इ्न्भेष्टमेन्टले तीन लाख ४४ हजार ८ सय ७४ मा ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनीले ३४ लाख ७४ हजार एक सय १९ रुपैँया बक्यौता नतिरेपति ठेक्का रद्ध गरिएको थियो । त्यस्तै गौशलास्थि ९ रोपनि जग्गामा सुविधा सम्पन्न भवन मारवाडी सेवा समितिले बार्षिक ५१ हजारमा उपभोग गर्दै आइरहेको थियो । धर्मशालाको नाममा व्यवशायीक प्रययोजन गर्दै लाखौ आम्दानी गर्दै आइरहेको उक्त भवनको सम्झौता पनि पशुपति क्षेत्र विकासकोषले खारेज गरीसकेको छ । पार्किङ र धर्मशाला दुवैको सम्झौता न तोड्न मन्त्री किरातीलाई दबाब आएपनि उक्त निर्णयबाट पछि हटेनन् ।
मन्त्री किरातीको नजिकको स्रोतका अनुसार गौशला धर्मशालालाई पशुपतिको गुरु योजनाको आधारमा परम्परा सहितको प्रभावकारी सेवा प्रबहा गर्न महानगर संग सहकार्य गरिने भएको हो । त्यस्तै पार्किङलाई आधुनिक ढंगले सुविधा सम्पन्न बनाएर जि.टू.जि मोडलमा सञ्चालन गरिने छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार