Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

संविधान दिवसको अवसरमा सन्दकपुर गाउँपालिकामा विभिन्न कार्यक्रम (तस्बिरहरु)

संविधान दिवसको अवसरमा सन्दकपुर गाउँपालिकामा विभिन्न कार्यक्रम (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बुधबार, असोज ३ २०८०


संविधान दिवसको अवसरमा सन्दकपुर गाउँपालिकामा विभिन्न कार्यक्रम (तस्बिरहरु)

सन्दकपुर । संविधान दिवसको अवसरमा सन्दकपुरमा विभिन्न कार्यक्रम गरिएको छ । सन्दकपुर गाउँपालिका भित्रका ५ वटै वडामा झण्डोतोलन गरिएको सन्दकपुर २ का अध्यक्ष सनम राईले बताए । संविधान दिवसको अवसरमा गाउँपालिको केन्द्र रहेको देउराली बजार सरसफाई र वृक्षारोपण गरिएको छ । त्यसै अवसरमा सात खाण्डे सहिद समाधिस्थल तथा पार्कमा सरसफाईसँगै झण्डोतोलन गर्ने काम गरिएको थियो ।

त्यसैगरि गाउँपालिकाको कार्यालयमा नेपालको संविधान २०७२ को बिषेशता सम्बन्धि अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली, वडाअध्यक्षहरु रहर कुमार राई, सनम राई, नेपाली काग्रेसका जिल्ला सह सचिव देबेन्द्र सुवेदी, एकिकृत समाजवादीका सन्दकपुर सचिव श्याम राई, नेकपा माओवादी प्रदेश सल्लाहाकार प्रेम ना छिरिङ, जिल्ला सदस्य जीवन सिवा लगायतले संविधानको रक्षा गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

संविधान दिवसको अवसरमा आयोजित सरसफाईमा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पर्यटन व्यवसायी, सरोकारवाला लगायतको उपस्थिति रहेको   थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार