Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

शशिकला स्मृति पुरस्कार पत्रकार भण्डारी र आङथुपोलाई

शशिकला स्मृति पुरस्कार पत्रकार भण्डारी र आङथुपोलाई

  • बुद्धमाया सोङ्मी
  • बुधबार, असोज ३ २०८०


शशिकला स्मृति  पुरस्कार पत्रकार भण्डारी र आङथुपोलाई

इलाम । शशिकला स्मृति पुरस्कार २०८० बाट इलामका दुई पत्रकार पुरस्कृत भएका छन् । सहिद स्मृति प्रतिष्ठान इलामले स्थापना गरेको पुरस्कारबाट पत्रकार भगिरथ भण्डारी र पत्रकार तथा साहित्यकार चेतन आङथुपो पुरस्कृत भएका हुन् ।
संविधान दिवसको अवसरमा सदरमुकाममा आयोजित कार्यक्रममा भण्डारी र आङ्थुपोलाई नग्द ७ हजारसहित पुरस्कृत गरिएको छ ।
उनीहतिलाई प्रतिनिधिसभा सदस्य महेश बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा इलाम इञ्चार्ज कुलप्रसाद सावा कुशल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले दोसल्ला, सम्मानपत्र र चेक हस्तान्तरण गरे ।
भण्डारी स्थानीय सन्दकपुर अनलाइनका संचालक÷सम्पादक र राजधानी दैनिकका इलाम सम्पादक हुन् । आङ्थुपो चुलाचुली मिडिया अनलाइनका संचालक÷सम्पादक हुन् ।


कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले संचालन सचिव जीवन शर्मा र स्वागत उपाध्यक्ष उर्मिला तामाङ चन्दाले गरेकी थिइन् । सहिद शशिकला शर्माको बारेमा प्रतिष्ठानका सहसचिव गन्जु प्रधानले चर्चा गरेका थिए । शसस्त्र जनयुद्धकालमा तत्कालीन देउमाई गर्जनकी सम्पादक शर्माको २०६० असोज २६ मा इलामको पुवामझुवामा तत्कालीन साही सेनाबाट हत्या भएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पत्रकारीता क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । संचारमाध्यम सजग भएमा मात्रै संविधानको स्थायित्वतर्फ जाने भन्दै उनले संविधानमा भएका व्यवस्था पूर्ण कार्यान्वयनका लागि संघीय संसद लागि परेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा इलाम इञ्चार्ज कुसल लिम्बुले हजारौँका बलिदानबाट प्राप्त संविधान रक्षा गर्न सबै एक भएर लाग्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रले संचालन गरेको शसस्त्र जनयुद्धको जगमा प्राप्त उपलब्धिहरु संस्थागत गर्दै संविधान कार्यान्वयन गरि सुधार गर्दै अघि बढ्नुपर्ने लिम्बुले बताए । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पत्रकारीता क्षेत्र जिम्मेवार भएमा मात्रै देशले सहि दिशा लिने बताए । कार्यक्रममा सहिद प्रतिष्ठानकी अध्यक्ष टिका घिमिरेले संविधान रक्षाका लागि सबै नागरिक जिम्मेवार भएर लाग्नुपर्ने बताइन् । ।

प्रतिक्रिया
सम्बन्धित समाचार