फिक्कल । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारा सहित ५९ औ राष्ट्रिय बालदिवस सूर्योदय नगरपालिकामा भव्य रुपमा मनाइएको छ । बालदिवस तथा स्थानिय बालमैत्री शासन तथा बालश्रम मुक्त नगर घोषण भएको पहिलो वार्षिक उत्सावको अवसरमा सामुदायिक तथा संस्थागत विधालयका विद्यार्थी शिक्षक अविभावहरुको वृहत उपस्थितीमा बाल दिवस मनाइएको हो ।
विभिन्न जातिय झाँकी प्रदर्शन, जातिय भेषभूषा प्रदर्शन गर्दै पुरानो आइतबारे बजार परिक्रमा गरी करफोक विद्या मन्दिर माध्यामिक विद्यालयको प्राङगणमा सो ¥याली कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले प्रतियोगितात्मक विभिन्न समुदायको झाँकी प्रदर्शन गरेका थिए ।
प्रतियोगता अन्तर्गत हेरोहल एकाडेमी पहिलो, पञ्चकन्या इङ्लिस स्कुल दोस्रो र इभरल्यान्ड इन्टरनेशनल एकाडेमी तेस्रो भएका छन । नमुना फिक्कल माध्यमिक विद्यालय, करफोक विद्यामन्दिर माध्यमिक विद्यालय र कृष्णश्रम माध्यमिक विद्यालयले सन्तवान स्थान हासिल गर्न सफल भएका छन । कार्यक्रम कै अवसर पारेर गत जेठ ३१ गते फिक्कल माध्यमिक विद्यालयमा सञ्चालन भएको खुल्ला निबन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको छ ।

१९० जनाले सहभागिता जनाएको प्रतियोगितमा खुल्ला तर्फ हिमालय माविका शिक्षक गणशेकुमार खडका प्रथम, पुण्य स्मारिक आविका शिक्षक समिक्षा पौड्याल दोस्रो र न्यू वल्र्ड अंग्रेजी विद्यालयका शिक्षक कमला निरौला तेस्रो भएका छन् । माध्यमिक तर्फ इभरल्याण्ड इन्टरनेशनल एकाडेमी अहस बुढाथोकी प्रथम, फिक्कल मावि. सामाना भट्टराई दोस्रो र बुद्ध माविको गंगा भट्टराई तेस्रो भएका छन् ।
आधारभूत तर्फ सरस्वती माविकी सुजला अधिकारी प्रथम, इभरल्यान्ड एकाडेमीका उत्सव बुढाथोकी दोस्रो, हेरोहल एकाडेमीका प्रतिसा ढकाल तेस्रो भएका छन् । नगर बाल संञ्जालका अध्यक्ष निरज राईको अध्यक्षता, सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
जिल्ला समन्वय समितिका उपाध्यक्ष चित्रकला बराइली, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं. १ का अध्यक्ष राजकुमार शेरेङ वडा नं २ का वडाध्यक्ष डिक डम्जन, वडा नं. ९ का वडाध्यक्ष देवेन्द्र शर्मा, वडा नं १२ का वडाध्यक्ष डोलेन्द्र भारध्वज, कार्यपालिका सदस्य सोनाम छिरिङ लामा, शिक्षा युवा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराई, महिला विकास अधिकृत तारा शेर्पा, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संजालका सहसचिव सुअम प्रधान र सदस्य नविना पौड्याल संञ्चालन गरेका थिए ।