Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सुवास नेम्वाङले कसैलाई पिर पार्नु भएन, आफैँ पिर बोकेर हिँड्नुभयो : महेश बस्नेत

सुवास नेम्वाङले कसैलाई पिर पार्नु भएन, आफैँ पिर बोकेर हिँड्नुभयो : महेश बस्नेत

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २७ २०८०


सुवास नेम्वाङले कसैलाई पिर पार्नु भएन, आफैँ पिर बोकेर हिँड्नुभयो : महेश बस्नेत

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले उपाध्यक्ष सुवास नेम्वाङको निधनले इलामले एक असल अभिभावक गुमाएको बताएका छन् । ‘नेम्वाङको निधनले इलामका जनताले नेता मात्रै गुमाएका छैनन्, सुखदुःखको अभिभावक पनि गुमाए,’ उनले भने ‘मेरो त पारिवारिक सम्बन्ध पनि भएका कारण उहाँको निधनले असाध्यै दुखित छु । उहाँको अभावबाट इलामले पाउने अवसर पनि गुम्ने हो कि भन्ने चिन्ता पनि छ ।’

‘विद्यार्थी राजनीतिदेखि नै समन्वयकारी तथा शालीन स्वभावका कारण उहाँमा अहंकार र दम्भ कहिल्यै देखिएन । सधैँ समन्वयकारी भूमिकामा हुनुहुन्थ्यो । मैले कहिल्यै पनि उहाँमा पूर्वाग्रह र आक्रोश देखिनँ,’ नेम्वाङलाई सम्झिँदै नेता बस्नेतले भने ।

इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बस्नेतले नेम्वाङको स्वभाव अरुलाई पिर पार्ने नभई बरु आफैँ पिर लिने भएको बताए । ‘उहाँको स्वभाव नै बरु आफैँ पिर लिने तर अरुलाई पिराउने थिएन । त्यसैले त आज नेम्वाङलाई सबैले मिस गरिरहेका छन्’ उनले भने ।

पछिल्लो समय पार्टी मिलाउने काममा नेम्वाङले निकै मेहनत गरिरहेको उनले स्मरण गरे । ‘उहाँले देखेको सपना अब हामीले पूरा गर्नुपर्छ । पार्टी विभाजित गरेर कसैलाई फाइदा पुगेको छैन,’ बस्नेतले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार