Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पश्चिमी इलाम : किसानको दूध डेरीमा प्रशोधन (तस्बिरहरु)

पश्चिमी इलाम : किसानको दूध डेरीमा प्रशोधन (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • सोमबार, भाद्र २५ २०८०


पश्चिमी इलाम : किसानको दूध डेरीमा प्रशोधन (तस्बिरहरु)

इलाम । १२ महिना गाडि गुड्न नसक्ने इलामको पश्चिमि क्षेत्रमा डेरी उद्योग खुल्ने क्रम बढेको छ । व्यवसायीक पशुपालन बढेपछि दूध प्रशोधन गर्ने मझौला उद्योगहरु खुल्ने क्रम बढेको हो ।
देउमाई नगरपालिका ५ कि कमला कार्कीले तीन वर्ष अघि डेरी उद्योग स्थापना गरिन् । २ वर्ष अघि दर्ता भएको उद्योगमा अहिले ५ सय लिटर गाईको दूध प्रशोधन हुन्छ । गाईको दूध संकलन गरि खरिद गर्ने ठुला संस्था नपुगेपछि स्थापना भएको डेरी उद्योगमा अहिले छुर्पी र घिउ उत्पादन हुन्छ ।


माङ्सेबुङ गाउँपालिका ३ का दिपेश राईले १० वर्षदेखी डेरी संचालन गर्दै आएका छन् । बर्षातका ६ महिना सवारीसाधन नचल्ने माङ्सेबुङ गाउँपालिकामा स्थापना भएको डेरी उद्योग ग्रामीण अर्थतन्त्रको आधार बनेको छ ।


दूग्ध प्रशोधन गर्ने सरकारी र निजी उद्योगले चिस्यान केन्द्र पश्चिमि इलाममा स्थापना भएका छैनन् । जसका कारण किसानले उत्पादन गरेको दूधको बजार स्थानीय डेरी उद्योग भएका छन् । देउमाई नगरपालिका, माङ्सेबुङ्ग र फाकफोकथुम गाउँपालिका भित्रका किसानले गाईपालन गरि उत्पादन गरेको दूध संकलन गरि डेरी उद्योगमा प्रशोधन गर्दै आएको फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।


तीन स्थानीय तहका किसानको पशुपालन मुख्य आयश्रोत हो । दूध प्रशोधन गर्ने उद्योगको अभावमा किसान आफैले पनि डेरी उद्योग स्थापना गरेका छन् । वर्षातमा उत्पादित दुग्धपदार्थ ढुवानी गर्न समस्या भएपछि किसानले उत्पादित दूग्ध पदार्थ संकलन गरि भण्डारण गर्दै आएका छन् । डेरी उद्योगले घिउ, छुर्पी, अर्डर अनुसार चीज र पनिर बनाउने गरेका छन् ।


५ सय बढी डेरी उद्योग संचालन भएको तीन स्थानीय तहमध्ये फाकफोकथुम गाउँपालिकामा मात्रै डेढ सय बढी डेरी उद्योग छन् । यहाँ उत्पादन भएको घिउ नेपाली बजारमा खपत हुन्छ भने छुर्पी कुकुरको आहारका लागि युरोपमा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार