ताप्लेजुङ । कोशी प्रदेशसभा सदस्यले डिएसपीलाई नै ज्यान मार्ने धम्की दिएका छन्। सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य खगेनसिंह हाङगामले शुक्रबार डिएसपी राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका हुन्। बिहीबार राति आफूलाई प्रहरीले ज्यान मार्ने उद्देश्यले पेस्तोल कक गरेको विरोधमा सांसद हाङगामले शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा हिंसात्मक अभिव्यक्ति दिए।
उनले डिएसपीविरुद्ध दिएको हिंसात्मक अभिव्यक्ति यस्तो छः
तेरो बर्दी खोल्न पनि हामी तयार छौं। अबको कुनै वेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्रु कहाँ लुक्छस्रु के खान्छस्रु कस्तो लुगा लाउँछस्रु तेरो बाउआमा कहाँ छरु तेरो छोराछोरी कहाँ छरु त्यो पनि पत्ता लाएर हामी मार्छौं। पानीमुनि लुकोस् कि पानीमाथि, खबरदार सक्छस् भने यहीँ आइज। लड्न आइजो, यहीँ आइजो। म लुगा खोल्न तयार छु तँसँग आइज। यहाँ आइज, खेल्न सक्छस् भने आइज। तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस् ? तँलाई म तीस सेकेण्ड राख्दिनँ बाँकी। याद राख् तँलाई। यो पनि खोल्, तेरो बर्दी खोल्। म जस्तो राजनीतिक भेला गर्न आइज। तिमीलाई राजनीतिक बहस गर्छौ कि जनताको सेवा गर्छौ किरु देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौरु वाक्युद्ध गरौं। होइन भने मुठभेड पनि गरौं तँ डिएसपीसँग। हेरौंला तँ डिएसपीलाई। तेरो पनि रातै रगत बगेको छ, यहाँ हाम्रो पनि रातै रगत बगेको छ। तर राजनीतिको एउटा उखरमाउलो तातिएका वेला हामी मान्छे मार्न पनि डराउँदैनौं, मृत्युसँग पनि डराउँदैनौं।
कसरी विकास भयो यो घटना ?
बिहीबार ताप्लेजुङको फुङलिङ नगरपालिकामा मेला लागिरहेको थियो। प्रशासन र नगरपालिकाबीच मेलाका वेला रातको १० बजेसम्म होटल खोल्न दिने सहमति थियो। पूर्वसहमति अनुसार नै नगरपालिकामा प्रहरी ड्युटीमा खटिएका थिए। तोकिएको समयभन्दा बढी होटल खोलेपछि प्रहरीले बन्द गर्न आग्रह गर्दै सम्झाउने प्रयास गर्यो तर जाँडरक्सी खाएको समूह र होटल सञ्चालक बन्द गर्न तयार भएनन्। त्यसपछि दुवै पक्षबीच भनाभन भयो।
प्रहरीले युवतीहरूमाथि पनि हातपात गर्यो। यो खबर गाउँमै रहेका प्रदेश सांसद खगेनसिंह हाङगाम समक्ष पुग्छ। उनी पनि घटनास्थल पुग्छन्। उनले पनि प्रहरीलाई यस्तो नगर्न सम्झाउँछन्। विवादले ठूलै रूप लिएपछि स्थानीयले प्रहरीलाई त्यहाँबाट लखेटे। सांसद खगेनसिंह घटनास्थलबाट घर फर्किन्छन्। खगेनसिंहको कोठामा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट ५०-६० जनाको प्रहरी टोली पुग्छ। सिभिल ड्रेससहितमा रहेका प्रहरी हेलमेटसहित पुगेपछि उनी सशंकित बन्छन्। डिएसपी राजन लिम्बुको निर्देशनमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनको आरोप छ।
प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनको आरोप छ। त्यसपछि नेपाली कांग्रेसका कार्यकर्ताहरू सांसदलाई सुरक्षा दिन ठूलो संख्यामा उपस्थित हुन्छन्। शुक्रबार बिहान उनीहरू जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुग्छन्। त्यहाँ पनि प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडपको अवस्था सिर्जना हुन्छ।
धकेलाधकेलपछि कांग्रेसका कार्यकर्ताहरू प्रहरी कार्यालय परिसरबाट बाहिरिन्छन्। सोही क्रममा आक्रोशित भीडलाई सम्बोधन गर्दै सांसद खगेनसिंहले पनि हिंसात्मक अभिव्यक्ति दिन्छन्। अहिले उनको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ। सांसद खगेनसिंहले बिहीबारको घटनालाई राजनीतिक रंग दिएका छन्।
उनले डिएसपी लिम्बु एमाले निकट रहेकाले कांग्रेसलाई पेलेर जाने नीति रहेको बताए। २०७४ मा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा लिम्बु अंगरक्षक रहेका थिए। सांसद खगेनसिंहले सिडियो लिम्बुको सरुवा नहुन्जेलसम्म आफूहरू वार्तामा नबस्ने बताए। ‘मैले बोलेको भिडियो काटेर बीचको क्लिप राखिएको छ।
यसको जिम्मा सिडियोले लिनुपर्छ। आज पनि उहाँले वार्तामा बोलाउनुभएको थियो तर माग पूरा नहुन्जेलसम्म आउँदिन भनेको छु’‚ सांसद खगेनसिंहले भने, ‘मदन भण्डारी, योगेश भट्टराईको क्षेत्रमा कांग्रेसले ३२ वर्षपछि जितेको हो। यसमा राजनीतिक दाउपेच छ। हामीलाई पेलेर जाने जाने र नंग्याउने रणनीति छ। मलाई ताप्लेजुङका जनताले साथ दिन्छन्।’
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसपी ऋषिराम कँडेलले प्रदेश सांसद र प्रहरीबीच विवाद भएको बताए। उनले यसबारे ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहितको टोली छलफलमा रहेको बताए। ‘प्रहरीसँग माननीयज्यूको विवाद भएको रहेछ। ताप्लेजुङका सिडिओसाब‚ डिएसपी साब र माननीयज्यूबीच छलफल चलिरहेको छ’, उनले भने। तर जनप्रतिनिधिले प्रहरीलाई नै मार्ने धम्की दिएको विषयलाई मिलापत्र गराउने तयारी होरु भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘ठिक छ, हामी हेर्दै छौं।’
सिडिओ चेम्जोङले बिहीबार फुङलिङको बुधबारेमा मेलाका क्रममा केही युवती र युवापक्षबीच विवाद हुँदा घटनाले बृहत् रूप लिएको बताइन्। यद्यपि घटनामा प्रहरी वा अन्य युवाको संलग्नता रहेको भन्नेबारे अनुसन्धान भइरहेको बताइन्। ‘मेलामा दुई युवती र अर्को समूहबीच विवाद भएको रहेछ। युवतीमाथि दुर्व्यवहार गर्ने प्रहरी नै थिए कि अन्य युवा थिए अनुसन्धान भइरहेको छ। अहिले पनि हामी छलफलमा छौं’, उनले भनिन्। फुङलिङ बजारका एक स्थानीयले दुवै पक्षले संयम गुमाउँदा घटना भएको बताए।
‘१० बजेसम्म होटल खोल्ने सहमति भएको थियो तर सहमति विपरीत होटल खुला रहेछ। मदिरा सेवन गरेका केही युवाले होटल बन्द गर्न मानेनन्। प्रहरीले सम्झाएको थियो तर विवादले उग्र रूप लिएपछि महिलामाथि पनि प्रहरीले हातपात गरेको रहेछ। त्यसपछि आक्रोशित भीडले प्रहरीलाई लखेट्यो’, ती स्थानीयले भने, ‘दुवै पक्षले संयम गुमाउँदा उक्त घटना भएको हो।’