Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रदेशका अग्रज पत्रकार दिपेन राई प्रेस सेन्टरमा प्रवेश

प्रदेशका अग्रज पत्रकार दिपेन राई प्रेस सेन्टरमा प्रवेश

  • सन्देस सम्बाददाता
  • शुक्रबार, भाद्र १५ २०८०


प्रदेशका अग्रज पत्रकार दिपेन राई प्रेस सेन्टरमा प्रवेश

झापा ।  झापाका अग्रज पत्रकार दिपेन राई दिपेन्द्र प्रेस सेन्टर नेपालमा प्रवेश गरेका  छन्  । लामो समयदेखि झापाली पत्रकारितामा रहेका राई हाल यलम्बर टाईम्सका सम्पादक प्रकाशक रहेका छन भने उनी झापामा तीन दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् । दिपेनले आफु लामो समयदेखि माओवादी र तल्लो बर्गका भुईमान्छेहरुको पक्षमा कलम चलाइरहेको भन्दै आफुलाई समाचार लेखेकै भरमा समेत नेपाली सेनाले ब्यारेकमा लगेर बंकरमा पुरेको स्मरण गरे । पत्रकार दिपेनले यसवारेमा बंकर नामक पुस्तक समेत प्रकाशन गरे ।

दिपेन राईलाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पुर्व प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो मौसम, पुर्व मन्त्री शिवकुमार मण्डल, पार्टीका केन्द्रिय नेता सावित्रीकुमार काफ्ले समर, पार्टीका झापा जिल्ला इन्चार्ज एवम प्रदेश सांसद राजेन्द्र कार्की, पार्टीका केन्द्रिय सदस्य हरि राना, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, प्रेस सेन्टरका केन्द्रिय सदस्य लीलाराज झापाली, प्रेस सेन्टरका प्रदेश सदस्य डिकेश लामा, जिल्ला अध्यक्ष राजु पाठक लगायातले राईलाई आज विशेष कार्यक्रमका विचमा स्वागत गरे ।  राईलाई केन्द्रिय कमिटीमा विशेष जिम्मेबारीमा लैजाने समेत तयारी गरिएको कार्यक्रममा जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार