इलाम । इलाम नगरपालिका ६ द्धारा स्वास्थ्य बिमा कार्ड र विद्युत मिटर हस्तान्तरण गरेको छ । सामाजिक विकास कार्यक्रम अन्तरगत लक्षित विकास कार्यक्रम बमोजिम अति विपन्न तथा विपन्न दलित समुदाय तथा नयाँ बसाईसरि आउने व्यक्तिहरुलाई बिमा कार्ड र विद्युत मिटर हस्तान्तरण गरेको हो ।

नगरपालिका वडा नम्बर ६ को आयोजना र वडास्तरिय दलित समन्वय समितिको समन्वय तथा सहयोगमा विद्युत मिटर हस्तान्तरण गरिएको हो । वडास्तरिय दलित समन्वय समितिका अध्यक्ष रुपा सिंह दासको अध्यक्षता र वडा अध्यक्ष दुर्गा श्रेष्ठको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

गत आर्थिक वर्षको लक्षित विकास कार्यक्रम अन्तरगत दलित समूदायको अति बिपन्न ५ घरपरिवारलाई निशुल्क र विपन्न १३ घर परिवारका लागि बिमा रकम तीन हजार ५ सय मध्ये २ हजार ५ सय वडाको तर्फबाट र प्रति परिवार १ हजार लागत सहभागितामा १८ परिवारको बिमा गरिएको वडा सचिव खड्ग बस्नेतले बताए ।

नयाँ बसाई आउने अन्य विपन्न स्थानिय ३८ मध्ये ३३ घरपरिवारका वडाबासि नागरिकहरुको एक हजार लागत सहभागितमा स्वास्थ बिमा कार्ड प्राप्त भएकोले ५६ घरपरिवारका लागि हस्तान्तरण गरिएको थियो । दलित समुदायको २ र अन्य २ गरि ४ घरपरिवारलाई घरमा बिद्युतमा पहुँमा सहयोगका लागि निःशुल्क मिटर बक्स सेट कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सबै अतिथिहरु र बिमितहरुलाई वडा सदस्य पार्वति बिश्वकर्माले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रममा आर्थिक अवस्था कमजोर साथै लक्षित समूदायका व्यक्तिहरुलाई बिद्युत मिटर निःशुल्क प्रदान पश्चात हुने फाईदा र स्वास्थ बिमा गरिनुको कारण यस बाट बिमितहरुको परिवारलाई स्वास्थ उपचारमा हुने फाइदा हुने महत्वपुर्ण हुने वडाध्यक्ष दुर्गामदन श्रेष्ठले बताए ।

कार्यक्रममा वडा सदस्यहरु पार्वति विश्वकर्मा, प्रेम कुमार राई ,सुवर्ण खड्का वडा स्तरिय दलित समन्वय समितिका सचिव योगेन्द्र बिश्वकर्मा, महिला समन्वय समितिका कोषाध्यक्ष एव दलित समन्वय समितिका सदस्य दिना शिवा विश्वकर्मा, एकल महिला समन्वय समितिका अध्यक्ष एव दलित समन्वय समितिका कोषाध्यक्ष इन्दिरा दासले राज्यबाट पाएको सेवाको बढीभन्दा बढी उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बिमाकर्ता दिपा लुइटेल भट्टराईले स्वास्थ बिमाको बारेमा प्रयोग बिधि यसबाट लिन सकिने फाइदाहरु जस्ता सेवा प्रवाहको बारेमा सहजिकरण गरेकी थिइन् । स्वास्थ बिमा कार्यक्रमबाट ५६ घर परिवारका सदस्यहरुले नेपाल सरकारबाट प्रवाह गरिने स्वास्थ सेवामा प्रति परिवार १ लाखका दरले ५६ लाख बराबरको निःशुल्क स्वास्थ उपचारमा पाउने भएका छन् । बिमा कार्यक्रम भने भदौ १ देखि लागू भएको छ ।
