Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पाथीभराको भेटी ७ करोड ८८ लाख मौज्दात

पाथीभराको भेटी ७ करोड ८८ लाख मौज्दात

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १२ २०८०


पाथीभराको भेटी ७ करोड ८८ लाख मौज्दात

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी रकम ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी मौज्दात छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म सङ्कलन भएको भेटीमध्ये उक्त रकम बराबर मौज्दात रहेको हो ।

समितिले आइतबार सार्वजनिक गरेअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्मको मौज्दात रकम कुल ७ करोड ८८ लाख १० हजार २०५ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ सम्मको मौज्दात भेटी रकम ५ करोड ३ लाख १८ हजार ४८५ रुपैयाँ थियो ।

गत आवमा मात्र ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ भेटीबापत रकम सङ्कलन भएको थियो । अघिल्लो आवको मौज्दात र गत आवमा सङ्कलन भएको भेटी रकमसमेत ८ करोड ५९ लाख ९७ हजार १९४ रुपैयाँ मध्ये गत आवमा ७१ लाख ८६ हजार ९८९ रुपैयाँ खर्च भएको छ ।

एक आर्थिक वर्षमा भएको व्यय ९खर्च० रकम कटाएर ७ करोड ८८ लाख १० हजार २०५ रुपैयाँ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार