Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

गोठमा पुग्यो विद्युतको केन्द्रिय प्रशारण (फोटो फिचर)

गोठमा पुग्यो विद्युतको केन्द्रिय प्रशारण (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • सोमबार, भाद्र ११ २०८०


गोठमा पुग्यो विद्युतको केन्द्रिय प्रशारण (फोटो फिचर)

सन्दकपुर । इलामको उच्च पहाडी क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन पुगेको छ । संचार र विद्युतको उज्यालोबाट टाढा रहेका उच्च पहाडी क्षेत्रमा विद्युत पुगेपछि गोठ संचालकको दैनिकी फेरिएको छ ।
इलामको उच्च पहाडी क्षेत्र बन्दुके क्षेत्रमा अहिले विद्युतको उज्यालो छ । घना जंगलको बिचमा संचालनमा आएको गोठमा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन पुगेको हो ।


८ वर्षदेखि गोठ संचालन गर्दै आएका सन्दकपुर २ का सिव राईको दैनिकी विद्युत पुगेपछि फेरिएको छ । गोठमा टुकि पन्छाएर सोलार जडान गरेका राईले विद्युतको केन्द्रिय प्रशारण लाइन पुगेपछि सुरक्षित भएको अनुभुति भएको छ ।
इलामका उच्च पहाडी क्षेत्रका स्थानीयको अर्थतन्त्रको आधार गोठ राखेर पशुपालन गर्नु हो । सडक, खानेपानी संचार, विद्युत लगायतका आधारभुत सुविधा विहिन गोठहरुमा विद्युत पुगेपछि स्वर्ग झै भएको छ ।


विद्युत पुगेपछि जंगली जनावरको आक्रमणमा पनि कमि आएको छ । गोठमा पालीका बाख्रा, गाई र चौरीहरुको रेखदेखका लागि विद्युत विस्तारले सहयोग पुगेको छ । आधारभुत सुविधा नभएको क्षेत्रमा विद्युत पुगेपछि घरधन्दा गर्न पनी सहज भएको गोठ संचालिका सञ्जीला राईले बताइन् ।


इलामको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, कालपोखरी, बिखेभञ्ज्याङ्ग बन्दुके, धुपि, आहाल लगायतका क्षेत्रमा गोठ राखेर पशुपालन हुँदै आएको छ । व्यवसायीक रुपमा पशुपालन गरिएका क्षेत्रहरुमा विद्युतको उज्यालो पु¥याउने योजना अनुसार विद्युत विस्तारको काम हुँदै आएको सन्दकपुर २ का अध्यक्ष सनम राईले बताए ।
विद्युतको उज्यालो नपुग्दा मोवाइल चार्ज गर्न पनि घण्टौ धाउनुपर्ने बाध्यता अहिले विद्युत विस्तारसँगै सहज भएको छ । उच्च पहाडी क्षेत्रमा पशुपालन गरि दूध, घिउ, छुर्पी, चीज उत्पादनसँगै बिक्रिबाट किसानले आम्दानी गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार